logo

इभीकालागि प्राधिकरणका ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा, एक घन्टामा फुल चार्ज

    967   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार चार्जिङ स्टेसन उद्घाटन गरे।
प्राधिकरणले एसियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ सहुलियत ऋण सहयोगमा यी चार्जिङ स्टेसन निर्माण गरेको हो।
काठमाडौं उपत्यकामा सात वटा चार्जिङ स्टेसन सञ्चालनमा छन्। धादिङको मलेखुमा दुईवटा तथा वीपी राजमार्गमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरिएको छ।
हेटौंडा र भरतपुरमा दुई दुई वटा, मुग्लिन÷कुरिनटारमा ४ वटा तथा बनेपामा एउटा चार्जिङ स्टेसन सञ्चालनमा छन्।
यसैगरी, वीरगंज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिवास, सप्तरीको राजविराज, धनुषाको ढल्केबर र जनकपुरधाममा एक एक वटा चार्जिङ स्टेसन सञ्चालन ल्याइएको छ।
यस्तै नवलपुर, दमौली र स्याङ्जामा एक एक वटा तथा पोखरामा तीन वटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । पश्चिम नवलपरासी, नेपालगञ्ज र सुर्खेतमा एक एक वटा, दाङमा दुईवटा तथा बुटवलमा तीन वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन्।
प्राधिकरणले झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा चार्जिङ स्टेसन निर्माण गरेको छ ।
प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा राखिने चार्जर १४२ किलोवाट क्षमताको छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको ब्याट्रीको क्षमता अनुसार आधादेखि एक घण्टासम्ममा फुल चार्ज गर्न सकिनेछ ।
धनगढी, महेन्द्रनगर र डडेल्धुरामा एक एक वटा चार्जिङ स्टेसन सञ्चालनको तयारीमा छन्।
हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ। छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधमा एक साथ चार्ज गर्न सकिन्छ ।
५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधन चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिल भुक्तानी गर्न सक्नेछन्। निजी क्षेत्रका सबै प्रकारका चार्जिङ स्टेसन प्राधिकरणको प्रणालीमा अनिवार्य जोडिनुपर्ने व्यवस्था छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अझै ११ वटा चार्जिङ स्टेसन निर्माणको तयारीमा रहेको बताए। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले चार्जिङ स्टेसनको निर्माणले अब विद्युतीय गाडीको प्रयोग अझै बढ्ने र यसले विद्युतको खपत बढाउन सहयोग पुग्ने बताए।
उनले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रलाई सहजीकरणका लागि केही नीतिगत व्यवस्था संशोधन गर्न लागेको जानकारी दिए। निजी क्षेत्रले देशभर करिब १०० वटा फास्ट चार्जिङ नेटवर्क निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।