logo

बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जान्छ: प्रधानमन्त्री दाहाल

    747   पटक पढिएको

३ साउन/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने बताएका छन् ।
गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले केही समयभित्रै आयोजना निर्माणका लागि शिलान्यास गर्ने बताए ।


‘निर्माण प्रक्रियाका लागि शिलान्यास गर्न म आफैं आउने कमिटमेन्ट गरेको छु, हरहालतमा निर्माण प्रक्रियामा जान्छ,’ उनले भने, ‘पहिलेजस्तो उद्घाटन शिलान्यास हुने तर काम नहुने भन्ने चिन्ता थियो हिजो उर्जा मन्त्रालयमा पर्याप्त छलफल गरेका छौं, यही पटक निर्माण प्रक्रियाको शिलान्यास र प्रक्रिया अघि बढ्छ भन्ने विश्वासका साथ उपस्थिति भएको छु ।’
क्याबिनेटका सहयात्रीले पनि यो संकल्प लिएको उनले जनाए । ‘यो फिल्ड कार्यालय उद्घाटनका लागि मात्र आएको होइन, आवश्यक पर्ने सबै गृहकार्य गरेर यो परियोजना अघि बढाउने संकल्प उर्जा मन्त्रालयको मात्र होइन अर्थदेखि अन्य समन्वय र सहकार्य आवश्यक पर्ने कार्यालयसहित आएका छौं ।’

बुढीगण्डकी जलविद्युत् आयोजना महँगो भए पनि बहुउद्देश्यीय परियोजना भएकाले अन्य उद्देश्यबाट नाफामूलक परियोजना बन्ने दाहालले बताए । ‘विद्युत् उत्पादनको कुरामात्र होइन, म त्यस पालन, पर्यटन, सिँचाइ तमाम कुरा जोड्दा बहुउद्देश्यीय दीर्घकालीन महत्वको हुन सक्छ, यही निष्कर्षका साथ उपस्थिति भएका छौं,’ प्रधानमन्त्री दाहालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।