logo

ऊर्जा उत्पादकहरुको संस्था इप्पानमा गणेश कार्कीको समुह नै विजयी

    1090   पटक पढिएको

१ असार/अर्थ र व्यापार – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको समुह नै विजयी भएको छ ।
अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको इप्पानको नयाँ कार्यसमितिमा ७ जना सदस्यकालागि मात्रै मतदान भएको थियो । त्यसमा पनि कार्की समूहबाट प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार विजयी भएका हुन्।
इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन्। उनी ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछन्। प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका छन्।
यसैगरि, ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन्। त्यसैगरि, महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् ।
त्यस्तै ५ जना सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन् । कोषाध्यक्षमा नरेन्द्रबल्लभ पन्त निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
१० जना सदस्य मध्ये ७ जना खुल्ला र ३ जना महिला सदस्य रहने व्यवस्था थियो। महिला सदस्य निर्विरोध निर्वाचित भएपनि ७ जना खुल्ला सदस्यमा भने १४ जना प्रतिस्पर्धामा थिए।
सदस्यहरुमा पनि अध्यक्षमा निर्वाचित कार्की समुहका उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, भरतमणि नेपाल, विजयमोहन भट्टराई, टीएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन्। जसमध्ये श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्य २१६ र भट्टराई १९३ मतसहित विजयी भएका हुन ।
यसैगरि, ३ जना महिला सदस्यहरुमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन्। सो निर्वाचनकालागि अध्यक्षका प्रत्यासी उम्मेदवार किरण मल्लको समुहले यस निर्वाचनमा बिरोध जनाउँदै आफुहरुको मनोनयन नै फिर्ता गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।