logo

सोलुखुम्बुमा ४.७ मेगावाटको जलविद्युत आयोजना निर्माण हुँदै

    1099   पटक पढिएको

३० जेठ/ अर्थ र व्यापार – सोलुखुम्बुमा ४.७ मेगावाटको माथिल्लो जुनवेशी जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोर्खाज हिमालयन हाइड्रोले सोलु दुधकुण्ड नगरपालिका भएर बग्ने कोन्जोक र बासा खोलामा यो आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभाग समक्ष आवेदन दिएको छ। विभागले अनुमतिपत्र दिनु अघि सूचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरु आग्रह गरेको छ।
यो अर्ध–जलाशययुक्त जलविद्युत आयोजना हुने सो कम्पनीले जनाएको छ । यसको डिजाइन बहाव २.८ घनमिटर प्रतिसेकेण्ड र कुल हेड २०० मिटर हुनेछ भने यस आयोजनाबाट वार्षिक सरदर २८.८८ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने छ ।

कम्पनीका अनुसार यो आयोजनामा दुईवटा बाँध हुनेछन् । मुख्य बाँध कोन्जोक खोलामा हुनेछ । बासा खोलामा बनेको बाँधबाट कोन्जोक खोलाको बाँधबाट दायाँ पट्टिबाट इन्टेक, ग्राभेल ट्रयाप, क्यानल हुँदै बासा खोलाको डिस्चार्ज बाँधबाट कोन्जोक खोलामा खसालिनेछ । २०३० मिटर मुख्य सुरुङमार्ग निर्माण हुनेछ । ११० मिटर पेनस्टक पाइप राखिनेछ । २०८३ असोजबाट व्यवसायिक उत्पादन थाल्ने योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।