logo

सोलुखुम्बुमा ४.७ मेगावाटको जलविद्युत आयोजना निर्माण हुँदै

    752   पटक पढिएको

३० जेठ/ अर्थ र व्यापार – सोलुखुम्बुमा ४.७ मेगावाटको माथिल्लो जुनवेशी जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोर्खाज हिमालयन हाइड्रोले सोलु दुधकुण्ड नगरपालिका भएर बग्ने कोन्जोक र बासा खोलामा यो आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभाग समक्ष आवेदन दिएको छ। विभागले अनुमतिपत्र दिनु अघि सूचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरु आग्रह गरेको छ।
यो अर्ध–जलाशययुक्त जलविद्युत आयोजना हुने सो कम्पनीले जनाएको छ । यसको डिजाइन बहाव २.८ घनमिटर प्रतिसेकेण्ड र कुल हेड २०० मिटर हुनेछ भने यस आयोजनाबाट वार्षिक सरदर २८.८८ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने छ ।

कम्पनीका अनुसार यो आयोजनामा दुईवटा बाँध हुनेछन् । मुख्य बाँध कोन्जोक खोलामा हुनेछ । बासा खोलामा बनेको बाँधबाट कोन्जोक खोलाको बाँधबाट दायाँ पट्टिबाट इन्टेक, ग्राभेल ट्रयाप, क्यानल हुँदै बासा खोलाको डिस्चार्ज बाँधबाट कोन्जोक खोलामा खसालिनेछ । २०३० मिटर मुख्य सुरुङमार्ग निर्माण हुनेछ । ११० मिटर पेनस्टक पाइप राखिनेछ । २०८३ असोजबाट व्यवसायिक उत्पादन थाल्ने योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।