logo

७५ करोड महसुल नबुझाएपछि सोनापुर सिमेन्टको लाइन काटियो

    989   पटक पढिएको

३ बैशाख/अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले ७५ करोड रुपैयाँ विद्युत महसुल पुग्दा पनि नबुझाएको भन्दै सोनापुर सिमेन्टको लाइन काटिदिएको छ । विद्युत महसुलको बक्यौता धेरै राखेर अहिलेसम्म नतिर्ने विभिन्न उद्योग, कम्पनी, व्यवसायिक फर्म र व्यक्तिको लाइन धमाधम काट्दै गरेको प्राधिकरणले दाङको बिजौरीस्थित सोना सिमेन्टको उत्पादक सोनापुर सिमेन्ट प्रालिको लाइन काटिदिएको हो ।
यसअघि धेरैपटक ताकेता गर्दा पनि करिब ७५ करोड रुपैयाँ बक्यौता नतिरेपछि सोनापुर सिमेन्ट उद्योगको लाइन काटिएको प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले जानकारि दिए ।
शाखा प्रमुख पाण्डेका अनुसार अहिलेसम्म सो कम्पनीले प्राधिकरणलाई ७४ करोड ५९ लाख रुपैयाँ तिर्न बाँकी छ । डेडिकेटेड लाइन हुँदाको ३२ करोड ९४ लाख र पछिको ४१ करोड ६६ लाख रुपैयाँ सोनापुर सिमेन्टले नबुझाएको बताउँदै पाण्डेले भने,‘ यसअघि पटक पटक भनि आएका हौं, नबुझाएपछि सूचना दिएरै प्राधिकरणले लाइन काटेको हो।’
उनले सोना सिमेन्टको मात्रै नभई साना–ठुला उद्योग तथा व्यक्तिगत गरी १० हजार ग्राहकको लाइन काटिएको बताए । लाइन काटिएपछि बक्यौताको १६ करोड रुपैयाँ उठेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार धेरै बिजुली खपत गर्ने सिमेन्ट उद्योग प्राधिकरणका ठुला ग्राहक हुन्। प्रमुख पाण्डेका अनुसार अन्य उद्योगका महसुल बक्यौता छन्। यसैगरि, रोल्पा सिमेन्टको ८ करोड बाँकी छ । ‘सम्राट र घोराही सिमेन्टको पनि बक्यौता छ । उनीहरुले आइतबारसम्म समय मागेकाले अहिले लाइन काटिहालेका छैनौं’ उनले भने।
पाण्डेका अनुसार प्राधिकरण नेपालगञ्ज शाखा अन्तर्गत मात्र लगभग २ अर्ब जति बक्यौता संकलन हुन बाँकी छ । बाँके कार्यालयलाई प्राधिकरणको उच्च तहबाटै बक्यौता असुलीमा दबाब परेपछि यसरी धमाधम विद्युत लाइन काट्न सुरु गरेको हो। बक्यौता नबुझाएको भन्दै धमाधम लाइन काटेको प्राधिकरणले बाँकेले कारबाही गरेको छ । कार्बाही गरेलगत्तै १६ करोड रुपैयाँ असुली भएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।