logo

७५ करोड महसुल नबुझाएपछि सोनापुर सिमेन्टको लाइन काटियो

    650   पटक पढिएको

३ बैशाख/अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले ७५ करोड रुपैयाँ विद्युत महसुल पुग्दा पनि नबुझाएको भन्दै सोनापुर सिमेन्टको लाइन काटिदिएको छ । विद्युत महसुलको बक्यौता धेरै राखेर अहिलेसम्म नतिर्ने विभिन्न उद्योग, कम्पनी, व्यवसायिक फर्म र व्यक्तिको लाइन धमाधम काट्दै गरेको प्राधिकरणले दाङको बिजौरीस्थित सोना सिमेन्टको उत्पादक सोनापुर सिमेन्ट प्रालिको लाइन काटिदिएको हो ।
यसअघि धेरैपटक ताकेता गर्दा पनि करिब ७५ करोड रुपैयाँ बक्यौता नतिरेपछि सोनापुर सिमेन्ट उद्योगको लाइन काटिएको प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले जानकारि दिए ।
शाखा प्रमुख पाण्डेका अनुसार अहिलेसम्म सो कम्पनीले प्राधिकरणलाई ७४ करोड ५९ लाख रुपैयाँ तिर्न बाँकी छ । डेडिकेटेड लाइन हुँदाको ३२ करोड ९४ लाख र पछिको ४१ करोड ६६ लाख रुपैयाँ सोनापुर सिमेन्टले नबुझाएको बताउँदै पाण्डेले भने,‘ यसअघि पटक पटक भनि आएका हौं, नबुझाएपछि सूचना दिएरै प्राधिकरणले लाइन काटेको हो।’
उनले सोना सिमेन्टको मात्रै नभई साना–ठुला उद्योग तथा व्यक्तिगत गरी १० हजार ग्राहकको लाइन काटिएको बताए । लाइन काटिएपछि बक्यौताको १६ करोड रुपैयाँ उठेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार धेरै बिजुली खपत गर्ने सिमेन्ट उद्योग प्राधिकरणका ठुला ग्राहक हुन्। प्रमुख पाण्डेका अनुसार अन्य उद्योगका महसुल बक्यौता छन्। यसैगरि, रोल्पा सिमेन्टको ८ करोड बाँकी छ । ‘सम्राट र घोराही सिमेन्टको पनि बक्यौता छ । उनीहरुले आइतबारसम्म समय मागेकाले अहिले लाइन काटिहालेका छैनौं’ उनले भने।
पाण्डेका अनुसार प्राधिकरण नेपालगञ्ज शाखा अन्तर्गत मात्र लगभग २ अर्ब जति बक्यौता संकलन हुन बाँकी छ । बाँके कार्यालयलाई प्राधिकरणको उच्च तहबाटै बक्यौता असुलीमा दबाब परेपछि यसरी धमाधम विद्युत लाइन काट्न सुरु गरेको हो। बक्यौता नबुझाएको भन्दै धमाधम लाइन काटेको प्राधिकरणले बाँकेले कारबाही गरेको छ । कार्बाही गरेलगत्तै १६ करोड रुपैयाँ असुली भएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।