logo

सुपर मादीको १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

    692   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार – सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ४४ मेगावाट क्षमताको सुपरमादीको शनिबारदेखि १५ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर १ र २ को बीचबाट बग्ने मादी नदीमा निर्माण भएको यो जलविद्युत आयोजना १३२ केभी प्रशारण लाइनको लेखनाथ सबस्टेसनमा जडान गरिएको सुपर मादी हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।
उनले ७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको गत कोरोना, असारको बाढी र रुश युक्रेनको युद्धको असरले १ अर्बभन्दा बढी लगात थप भएको जानकारि दिए ।
यस आयोजनाले २ सय ४२ गिगावाट आवर प्रतिवर्ष २४ करोड २० लाख युनिट विद्युत उत्पादन गर्छ । २०७५ मंसिरबाट निर्माण सुरु भएको आयोजना परीक्षणपछि शनिबारबाट प्रशारण लाइनमा जोडिएको हो । आयोजनाले १५ दिन नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिने छ ।
आयोजनाले दिउँदका ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० र बाँकी महिनामा ४ रुपैयाँ ८० पैसाका दरले विद्युत विक्री गर्ने छ । सुरुको वर्ष १ अर्ब ३० करोड रुपैयाँको विद्युत दिने छ भने आठौं वर्षमा पुग्दा १ अर्ब ५८ करोड रुपैयाँको प्रतिवर्ष उत्पादन गर्ने ढुंगानाले जानकारी दिए ।
भारतबाट प्रतियुनिट १२ रुपैयाँमा अहिले विद्युत् खरिद गर्नुपर्ने अवस्थामा सुपरमादी सञ्चालनले नेपाल सरकारलाई सहयोग पुग्ने उनको भनाइ छ । सानिमा बैंकको अगुवाइमा कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य,एनआइडीसीएल र प्रभु बैंक लगायतको यस आयोजनामा लगानी छ ।
सुपर मादीका सञ्चालकले २ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् । सुपर मादी स्वदेशी निजी क्षेत्रले निर्माण गरेको दोस्रो ठूलो आयोजनामा पर्ने कम्पनीको दाबी छ । साहस ऊर्जा लिमिटेडले निर्माण गरेको ८६ मेगावाटको सोलु–दूधकोसी सबैभन्दा ठूलो लगानीको आयोजना हो ।
आयोजनाको सिभिल निर्माणको ठेक्का सुरुमा हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो । तर, समस्या परेको भन्दै सो कम्पनीले कामको जिम्मा फेवा कन्स्ट्रक्सनलाई दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।