logo

खाना पकाउने ग्याँसको आयात घट्यो, इन्डक्सनको बढ्यो

    1052   पटक पढिएको


९ चैत/अर्थ र व्यापार – हाल नेपालमा खाना पकाउने ग्याँसको आयात विस्तारै घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँसको आयातमा गिरावट देखिएको हो ।
पछिल्लो समय बिजुली प्रयोगमा उपभोक्ताहरु अभ्यस्त हुँदै जाँदा ग्याँसको प्रयोग घट्न थालेको हुनसक्ने निगमको अनुमान छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८० को वितेका ८ महिनाको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा १ करोड ९२ लाख केजीले खाना पकाउने ग्याँसको आयात घटेको देखिएको छ । जसलाई सिलिण्डरमा हिसाब गर्दा करिब १३ लाख ५२ हजार ११२ गोटा सिलिण्डर हुन आउँछ ।
भन्सार विभागका अनुसार चालु आवको फागुनसम्म ३८ अर्ब ७२ करोड रुपैयाँको ३४ करोड ८ लाख ५६ हजार केजी खाना पकाउने ग्याँस आयात भएको छ । गत वर्ष समीक्षा अवधिमा ४० अर्ब ६४ करोड रुपैयाँको ३६ करोड ३४ हजार किलो ग्याँस आयात भएको थियो । यस वर्ष गत वर्षको तुलनामा एकअर्ब ९१ करोड ५३ लाख रुपैयाँले ग्याँसको आयातमा गिरावट आएको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारि दिए अनुसार ग्याँसको आयात करिब ६ प्रतिशतले घटेको छ । सम्भवतः शहरमा धेरै मात्रामा खपत हुने ग्याँसलाई विद्युतीय चुल्होले विस्थापित गरेको हुनसक्ने उनले बताए । ‘यसबारे अध्ययन गर्नुपर्ने देखिन्छ, सम्भवतः पहिलो पटक ग्याँसको आयात कम भएको हो,’ प्रवक्ता उपाध्ययले भने, ‘विद्युतीय चुल्होको प्रयोगमा मानिसहरु अभ्यस्त भएको पनि हुनुपर्छ ।’
आयल निगमका अनुसार देशभर १ करोड २१ लाख ग्याँसको सिलिण्डर छन् । दैनिक एक सिलिण्डर सरदर ग्याँस बिक्री भइरहेका छन् । तर, कोभिड–१९ महामारीमा समेत नघटेको ग्याँसको आयात यसपाली घट्नु चाहिँ अचम्म भएको निगमका अधिकारीहरु बताउँछन् ।

ग्याँस बिक्रेता व्यवसायीहरु पनि शहरमा ग्याँसको खपत वृद्धिमा रोक लागेको बताउँछन् । पहिलेको तुलनामा शहरमा ग्याँसको खपत वृद्धिमा कमी भएको नेपाल ग्याँस उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।
तर, तराई र पहाडी क्षेत्रमा बढेको ग्याँसको खपत र फैलावटका कारण समग्र आयात नै खस्किएको हुनसक्नेतर्फ भने उनले आशंका व्यक्त गरे ।
‘गत जनवरी महिनामा मात्रै नेपालमा ४७ हजार २५० मेट्रिकटन ग्याँस आयात भएको छ, यो निकै ठूलो परिमाण हो,’ भण्डारीले भने, ‘नेपालको शहरी क्षेत्रको भन्दा गाउँ र तराईमा ग्यासमा फैलावट उच्च छ, त्यसकारण पनि आयातै घट्यो भनिहाल्न कठिन छ ।’
ग्याँसको आयात घट्नु र इन्डक्सनको आयात बढ्नुले कतै न कतै नेपालीहरु बिद्युतीय चुल्होमा अभ्यस्त हुन खोजेको संकेत मिल्छ । चालु आर्थिक वर्षको वितेका ८ महिनामा नेपालले गतवर्ष भन्दा एकलाख ४ हजार ९१२ थान बढी इन्डक्सन हिटर तथा इन्फ्रारेड चुल्हा खरिद गरेको छ ।
चालु आवको समीक्षा अवधिमा ३२ करोड ५९ लाख ९ हजार रुपैयाँको एक लाख ६२ हजार २३५ थान इन्डक्सन र इन्फ्ररेड चुल्हो नेपाल भित्रिएको छ । गत वर्ष यही अवधिमा ११ करोड ६५ लाख ७३ हजार रुपैयाँ बराबरको ७५ हजार ३२३ थान यस्ता विद्युतीय चुल्हो नेपाल भित्रिएको थियो । यसले अब विस्तारै नेपालमा सर्वसाधारण उपभोक्ताबीच विद्युतीय चुल्होको बजार बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।