logo

प्रधानमन्त्री दाहालले गरे विकास हाइड्रोको उद्घाटन

    935   पटक पढिएको


१६ फागुन/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेड द्वारा प्रर्वद्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको उद्घाटन गरेका छन । प्रधानमन्त्री दाहालले सोमवार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बिच बिद्युत आयोजनको भर्चुअल रुपमा टरबाईन सञ्चालन गरी सो जलविद्युत आयोजनाको उद्घाटन गरेका हुन ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउदै बालुटारमा सोमवार आफ्नै निर्वाचन क्षेत्रमा अवस्थित विकास हाइड्रोको विद्युतिय माध्यमबाट उदघाटन गरेका हुन ।
प्रधानमन्त्री दाहालले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको भन्दै गोरखा जिल्लाको हाइड्रोको उदघाटन विकासको शुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गराएकोमा लगानीकर्तालाई धन्यवाद ब्यक्त गरे ।
उनले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाऊदै बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र तेसपछी विकास निर्माणको काममा लाग्ने बताए ।
यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको भन्दै प्रधानमन्त्री दाहालले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ता हरुलाई विशेष धन्यवाद समेत दिए । गोरखाबाटै विकासका लागि यस हाइड्रोको उदघाटन गर्ने अवसर जुटाइदिएकोमा प्रधानमन्त्रीले धन्यवाद ब्यक्त गर्दै यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अघि बढाउने बिश्वास लिएको बताए ।
उनले हाइड्रो निर्माणमा सम्लग्न गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद ब्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले १३२ केभिएको ट्रान्समिसन लाईन निर्माणको लागि सरकारले तत्काल काम शुरु गर्ने समेत बताए । उनले सरकारको अवको लक्ष्य शुसासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।
गोर्खा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले गोर्खाका विविध समस्याको वारेमा प्रधानमन्त्रीलाई जानकारी गराउदै १३२ केभिएको ट्रान्समिसन लाईन निर्माण तत्कालै गर्नुपर्ने बताए । उनले यस्को लागी जग्गाको कुनै समस्या नरहेको भन्दै यो नबन्दा धेरै हाईड्रोहरुलाई समस्या भएको बताए । बजगाईले गोर्खामा बुढीगण्डकी संगै अन्य धेरै हाईड्रोको प्रचुर सम्भावना रहेको जनाउदै विकास हाईड्रोका लगानीकर्तालाई थप सफलताको लागी शुभकामना दिए ।
कार्यक्रममा विकास हाईड्रो पावरले आफ्नो उत्पादन शुरू गरेकोमा सहकार्य गर्ने सबै र आफ्नो ब्यस्त समयको बाबजुद कार्यक्रममा उपस्थित भएका गोर्खाका स्थानीय निकायका पदाधिकारीहरुलाई हाइड्रोका अध्यक्ष खगेन्द्र न्यौपानेले विशेष धन्यवाद ब्यक्त गरेका थिए ।
गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको यस हाईड्रोमा गैर आवासीय नेपालीहरूको ठुलो लगानी रहेको एनआरएनए आईसिसिका सचिव एबं हाइड्रोका अध्यक्ष न्यौपानेले बताए । कम्पनीलाई आजको यस अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, नेपाल सरकार उर्जा मन्त्रालय, वन मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, रास्ट्रीय बाणिज्य बैंक, बीमा कम्पनीहरु, वित्तिय तथा प्राविधिक परामर्शदाताहरु, निर्माणको डिजाइन तथा सुपरिवेक्षण गरिदिने परामर्शदाताहरु, कानुनी सल्लाहकारहरु, संचारकर्मीहरु,संरचना निर्माणमा सहयोग पुर्याउने स्थानिय वासिन्दाहरु, राजनैतिक दलहरु, यस कम्पनीको काममा अहोरात्र मेहनत गर्नुहुने प्रबन्ध निर्देशक कृष्ण घिमिरे,निर्देशक सरोज धिताल लगायत सम्पूर्ण निर्देशकहरु र कर्मचारीहरुलाई अध्यक्ष न्यौपानेले आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा विकास हाईड्रो पावरका प्रवन्ध निर्देशक कृष्ण घिमिरेले हालसम्म साथ दिने र उपस्थित सबै अतिथी,सेयर सदस्यहरुलाई धन्यवाद ब्यक्त गरे । यस कम्पनीको नेतृत्व गैर आवासिय नेपाली संघका वर्तमान सचिव खगेन्द्र न्यौपानेले गरेका छन भने सञ्चालक समितिको प्रवन्ध निर्देशकमा कृष्ण प्रसाद घिमिरे,निर्देशकमा सरोज धिताल, जोन घले, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठ लगायतका युवा ब्यवसायिहरु रहेका छन ।
कार्यक्रममा हाईड्रोका अध्यक्ष र निर्देशक संगै लगानीकर्ताहरु गैर आवासिय नेपाली संघका कोषाध्यक्ष लोक प्रसाद दाहाल,सुनिल शर्मा,रामजी बगाले,सन्तोष कोईराला,मणि गुरुङ,बालकृष्ण खड्का,इश्वर सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।
एनआरएनएका कोषाध्यक्ष एबं हाईड्रोका लगानीकर्ता लोक दाहालले दिईएको समयसिमामा कैयौ हाईड्रो नबनेको अवस्थामा विकास हाईड्रो भने ६ महिनापहिले नै निर्माण सम्पन्न गरेकोमा अध्यक्ष न्यौपाने र ब्यवस्थापन टिमलाई धन्यवाद दिए ।
अस्ट्रेलियाका ब्यावसायी एबं हाईड्रोका निर्देशक जोन घलेले आफु शुभारम्भ कार्यक्रममा उपस्थित हुन नसकेको जनाउदै हाईड्रोको ब्यवस्थापन टिम राम्रो भएकाले आफुले अरु आयोजनामा पनि थप लगानी गर्ने बताए ।
यस हाइड्रो सम्पन्न गरेलगत्तै अर्को हाइड्रो पनि निर्माण शुरु गरिने संचालकहरुले कार्यक्रममा नै घोषणा गरेका छन ।
गोरखा जिल्लाको उत्तरी भुभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको बुढि गण्डकी नदिको सहायक नदि माछा खोलामा करिब १ अरब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी रहेको छ ।
यस आयोजनाले नेपाल बिद्युत प्राधिकरण संग बिद्युत खरिद बिक्री संम्झौता अनुुसार २०८० साल आषाढ ३० गते बिद्युत उत्पादन संम्पन्न गर्ने लक्ष्य रहेपनी सो मिति भन्दा ६ महिना अगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरि उत्पादन सुरु गरेको छ ।
यस आयोजनाले निमार्ण अवधिमा सो क्षेत्रका १५० भन्दा धेरै स्थायिनलाई रोजगारी प्रदान गरेको थियो भने हाल आयोजना निर्माण सम्पन्न पश्चात आयोजना सञ्चालनका लागि २० भन्दा माथि ब्यक्तिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी अवसर प्रदान गरेको छ ।
विकास हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा सञ्चालित यस आयोजनामा गैर आवासिय नेपालीहरुसङ्गै स्वदेशका ब्यावसायीहरुको उत्साहजनक सहभागिता र लगानी रहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस कम्पनीले आयोजना प्रभावित क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । स्थानिय क्षेत्रमा वासिन्दाहरु हिंडडुल गर्ने बाटोघाटो र पुलको मर्मत गरिएको छ । स्थानिय सरकार संग समन्वय गरी स्थानिय बाटोहरु मर्मत तथा स्तरोन्नती गरिएको छ ।
खेतिपातीको सिचाइका लागि कुलो मर्मत गरिएको छ । त्यसैगरी वातावरण संरक्षण गर्नको लागि वृक्षारोपण गर्ने, भुक्षय रोकथामका कार्यहरु गर्ने र आयोजनाबाट निस्कने प्रदुषण कम गर्ने उपायहरु गरिएका छन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले खुद मुनाफाको १ प्रतिशत रकमको व्यवस्था गरी खर्च गर्ने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।