logo

६३५ मेगावाटको दूधकोसी जलाशय बनाउन एडिबीको साढे ७५ अर्ब लगानी प्रतिबद्धता

    728   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – प्रस्तावित ६ सय ३५ मेगावाटको दूधकोसी जलाशय आयोजनामा करिब साढे ७५ अर्ब रुपैयाँ लगानी गर्न एसियाली विकास बैंक (एडिबी) ले प्रतिबद्धता जनाएको छ ।
लगानी प्रतिबद्धताका लागि एडिबीबाट आशयपत्र प्राप्त भएको छ। एडिबीले दूधकोसी जलाशयलाई ५८ करोड अमेरिकी डलर (७५ अर्ब ४० करोड रुपैयाँ) लगानी गर्ने जानकारी गराएको हो।
यसअघि सरकारले दूधकोसीमा लगानीका लागि औपचारिक रूपमा एडिबीलाई आग्रह गरेको थियो। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो समेत गरी अन्य दातृ निकायबाट लगानी जुटाउने प्रयास भइरहेको बताए ।
आयोजनामा एडिबीका अतिरिक्त जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), एसियन इन्फ्रास्ट्रक्चर बैंक (एआइआइबी) र युरोपियन इन्भेस्टमेन्ट बैंकसँग लगानीका लागि कुरा भइरहेको छ। यसअघि अर्थ मन्त्रालयले ती दातृ निकायलाई लगानी गर्न पत्राचार गरेको थियो।
एडिबीले आशयपत्र जारी गरेकाले छलफलमा रहेका अन्य बैंकले पनि लगानी गर्ने अर्थले जनाएको छ। दूधकोसी जलाशय मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सियल) बनाउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको छ। आयोजनामा एडिबीले अगुवाइ (लिड) गर्ने भएको छ।
आयोजनाको अनुमानित लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ६० अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज र करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान छ। एडिबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन (डिपिआर) को काम सकिएको छ।
सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा दूधकोसीलाई प्राथमिकतामा राख्दै लगानी जुटाएर निर्माण थाल्ने घोषणा गरेको थियो। जाइकाले पहिचान गरेका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत आयोजनामध्ये सरकारले दूधकोसीलाई पहिलो प्राथमिकतामा राखेको हो।
लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक सस्तो र आकर्षक भएकाले आर्थिकरूपमा लगानीयोग्य भएको जानकारी सरकारले एडिबीलगायत दातृ निकायलाई दिइसकेको छ।
आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ। त्यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र बर्खामा २ अर्ब ८ करोड ४० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ। जलाशययुक्त आयोजना भए पनि विस्थापित हुने घरधुरी तुलनात्मकरूपमा कम छन्।
१ सय ६२ घरपरिवारमात्र पूर्णविस्थापित हुने र ९ सय ८८ परिवार आंशिक प्रभावित हुनेछन्। यस्तै १ हजार ५० घरपरिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने छ।
आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दूधकोसी नदीमा १७ किलोमिटर, रावा खोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय बनाइने प्रस्ताव गरिएको छ । यस्तै १३.३० किलोमिटर लामो सुरुङ हुनेछ। आयोजनास्थलसम्म पुग्ने पहुँच सडक लगभग तयारी अवस्थामा छ।
उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । सुक्खा र पिकआवरको विद्युत माग पूरा गर्न जलाशय आयोजना आवश्यक पर्ने भएपछि सरकारले दूधकोसीलाई अघि बढाएको हो।
जलशाययुक्त जलविद्युत आयोजनाका लागि पनि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु भएको छ । खोटाङ रावाबेँसी–३ लामिडाँडा र ओखलढुंगा चिसंखुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ५ हजार ८ सय २६ कित्ता जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको थियो। आयोजनाका लागि खोटाङमा करिब १३ हजार रोपनी जग्गा आवश्यक पर्ने छ ।
यसमध्ये १ हजार रोपनी सरकारी र १२ हजार रोपनी व्यक्तिका नाममा छ। व्यक्तिगत जग्गा आयोजनाका नाममा ल्याउने प्रक्रिया अघि बढिसकेको छ । ओखलढुंगाको ७ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ। ओखलढुंगा र सोलुखुम्बुको जग्गाको भने स्रेस्ता उतार्ने काम भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।