logo

सुपर मादी हाइड्रोपावरको आइपीओ खुल्दै , साढे १७ लाख कित्ता जारी गरिने

    753   पटक पढिएको


६ माघ /अर्थ र व्यापार – सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी सोमबारदेखि आइपीओका लागि दर्खास्त खुला गर्ने भएको छ ।
प्रति कित्ता १०० रुपैयाँ दरको १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । जारी पुँजी २ अर्ब १० करोड रहेको कम्पनीले त्यसको कुल १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने निर्णय गरेको थियो।
जसमध्ये कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र कास्कीका बासिन्दालाई जारी पुँजीको ५ प्रतिशत अर्थात १० लाख ५० हजार कित्ता बिक्री गरिसकेको छ ।
बाँकी रहेको २१ लाख कित्तामध्ये कम्पनीले १० प्रतिशत बराबरको २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरिसकेको छ । यसैगरि, २ प्रतिशत अर्थात ४२ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित राखेको छ ।
सामूहिक लगानी कोषहरुका लागि पनि त्यसको ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता बिक्री गरी बाँडफाँटसमेत गरिसकेको छ । अब बाँकी १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधरणमा निष्कासन गरिने भएको हो ।
सो सेयर खरिदका लागि सर्वसाधरणले आगामी सोमबारदेखि चार दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।