logo

माथिल्लो दोर्दी ‘ए’ को परीक्षण उत्पादन सुरु

    1641   पटक पढिएको


२८ असोज/अर्थ र व्यापार – माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन बिहिबारदेखि सुरु गरेको छ । लिबर्टी इनर्जी कम्पनीले लमजुङमा निर्माण पूरा गरेको २५ मेगावाटको आयोजनाबाट परिक्षणका लागि विद्युत उत्पादन सुरु गरेको हो ।
रन अफ द रिभरमा आधारित सो आयोजनाले २०७१ मा विद्युत उत्पादन अनुमति पाएको थियो । आयोजनाबाट २०७६ साल चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेतापनि समयमा प्रसारण लाइन निर्माण नहुँदा, विश्वव्यापी रूपमा फैलिएको कोरोना माहामारी तथा बाढी–पहिरोका कारण उत्पादन तालिका धकेलिँदै आएको थियो ।
विभिन्न प्राकृतिक प्रकोपका समस्याहरू झेल्दै बल्ल विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बताए । योजना अनुसार परीक्षण उत्पादन सफल भएमा कातिकदेखि नै व्यावसायिकरूपमा बिजुली उत्पान सुरु आयोजनाले जनाएको छ ।
लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा निर्मित आयोजना पूरा गर्न सुरुमा ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । विभिन्न समस्याहरू समाधान गर्दै आउनु परेका कारण हाल लागत करिब ५ अर्ब रुपैयाँ पुगेको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ९६ युनिट विद्युत उत्पादन हुने छ । विद्युत उत्पाद सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी प्रक्षेपण गरिएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।
आयोजनामा १२ दशमलव पाँचका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । दोर्दी कोरीडोरमा माथिल्लो दोर्दी ‘ए’ सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् ।
२७ मेगावाटको दोर्दी खोलाबाट भने यसअघि नै उत्पादन सुरु भइसकेको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङमा निर्माण पूरा गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको बिहीबारदेखि परीक्षण उत्पादन सुरु भएको छ ।
त्यस्तै, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना रहेका छन् । यीमध्ये २७ मेगावाटको दोर्दीखोला, छयाङ्दीखोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।
यो आयोजना विसं २०७१ बाट निर्माण थालनी गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको थियो । तर विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन । सम्झौता अनुसार आयोजनाको निर्माण सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप गर्दै हाल आएर निर्माण कार्य पुरा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।