logo

प्राधिकरणका कर्मचारीमाथी ऊर्जामन्त्रीको आक्रोस : महिनौं बिजुली मिटर नदिने, तलब बढ्दा पनि बोनस चाहिने ?

    1010   पटक पढिएको

२ भदौ/अर्थ र व्यापार – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले यसै वर्ष मात्रै सरकारले १५ प्रशिशत तलव बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरिन् ।
प्राधिकरणका कर्मचारी युनियनहरुले बोनस वितरण गर्न माग गर्दै आएका थिए । प्राधिकरणले पनि बोनस वितरण गर्ने गृहकार्य गरेको थियो । तर, त्यसको जनस्तरबाट विरोध भएपछि प्राधिरकण पछि हटेको छ ।
काठमाडौमा भएको प्राधिकरणको वार्षिकउत्सव कार्यक्रममा उनले कोभिडको महाविपत्तिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताइन् ।
‘मलाई अच्चम लागछ, अहिले बोनसको कुरा उठ्दैछ, यो देशमा ३ करोड जनाता छैनन् ? अरबका खाडीमा जाने ४० लाख युवा बारे एक पटक सोच्नुस्,’ उनले प्राधिरकणका कर्मचारीलाई प्रश्न गरिन्, ‘सोचनीय कुरा हैन ? यहाँ अवसर नपाएर ५० डिग्री तापक्रममा काम गर्ने शव बनेर देशमा फर्किरहेका नागरिकलाई सम्झिनुस् ।’
उनले बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पु¥याउने कार्यमा लाग्न निर्देशन दिइन् । ‘कर्मचारी मात्रै नबनौं, दशेभक्त नागरिक बनौं’ उनले भनिन् ।
उनले यो वर्ष प्राधिकरणका सबै कर्मचारीलाई १५ हजार वार्षिक उत्सव भत्ता दिने निर्णय भएको बताइन् । गत वर्ष यस्तो भत्ता १० हजार रुपैयाँ दिइएको थियो ।
यसतै ४२ महिनाको सावधिक जीवन बीमालाई ५२ महिनाको बनाएको उनले जानकारी दिइन् ।
उनले कर्मचारीलाई नाफा कमाउन नभ्याउँदै भत्ता बाँड्न हतार भरेर हप्काइन ।
प्राधिकरणका कर्मचारीको कार्यशैली प्रति पनि उनले आक्रोस प्रकट गरिन् । उनले सरकारले विद्युत् खपत बढाउन आग्रह गर्दै हिँड्ने तर प्राधिकरण कर्मचारीले एउटा थ्री फेज मिटर दिन पनि महिनौं लगाएको भन्दै त्यस्तो प्रवृत्ति अन्त्य गर्न निर्देशन दिइन् ।
‘ऐन र नियम परिवर्तन ग¥यौं, अब कर्मचारीको सोच र शैलीमा परिवर्तन आवश्यक छ ।

मन्त्रालय, मन्त्री र प्राधिकरणले चाहेजति विद्युत खपत गर्नुहोस्, लोड स्वीकृत गर्नुस् भन्दै हिँड्ने, तर एउटा थ्रीफेज मिटर माग्दा महिनौं कुर्नुपर्ने अवस्था अझै विद्यमान छ,’ उनले भनिन्, ‘अबका दिनमा यस्तो व्यवहार र सेवा प्रवाहको शैली परिवर्तन गर्नु जरुरी छ । त्यस्तालाई कारवाही गर्न निर्देशन दिन्छु।’

उनले एक ठाउँमा ६ महिनासम्म पनि थ्री फेज मिटर नदिएको जानकारी आफूलाई रहेको भन्दै वितरण विभाग प्रमुख मनोज सिलवालको ध्यानाकर्षण गराइन् । ‘काम केन्द्रको गर्ने भत्ता स्थानीयको खाने प्रवृत्ति राम्रो हैन ।

सञ्चालन नै नभएका आयोजनामा भत्ता सुविधाका लागि जाने प्रवृत्ति छ’ उनले भनिन् । उनले कर्मचारीको वृत्ति विकासमा पनि ध्यान गएको छ भन्दै दैनिक ज्यालादारीलाई मासिक ज्यालादारी बनाउन प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।