logo

‘ट्रंकलाइनको महसुल नतिरे पनि विजुली काटिदैन ’

    1538   पटक पढिएको

२२ फागुन/अर्थ र व्यापार– गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा ट्रंकलाइन महसुल नतिरेका उद्योगको पनि विद्युत लाइन नकाटिने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन महसुल नतिरेका उद्योगको विद्युत लाइन काट्ने जानकारी गराएपछि उद्योगीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । सो मुद्दा अहिले विचाराधीन छ ।
रुपन्देहीको सिद्धार्थनगर उद्योग वाणिज्य संघको ६३औं वार्षिक साधारण सभा उदघाटन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन । उनले ट्रंकलाइन महसुल विवादको सरकारले उचित समाधान खोज्ने जनाए । विद्युत् प्राधिकरणले उद्योगको लाइन काट्न खोजे सुरक्षा निकायले साथ नदिने गृहमन्त्री खाणले बताए ।
‘ट्रंकलाइनको महसुल नतिरेका उद्योगको विद्युत लाइन काटिन्छ कि भन्ने चिन्ता उद्योगीमा छ’ उनले भने, ‘उद्योगीहरु ढुक्क भए हुन्छ, लाइन काटिँदैन ।’ उनले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) जस्ता योजनाहरुलाई मूर्तरुप दिन सरकार लागिपरेको बताए । भन्सारमा अस्थायी भए पनि पार्किङ क्षेत्र निर्माण गर्ने गरी योजना बनिरहेको उनले जनाए ।
गौतमबुद्ध विमानस्थलको हवाइ रुट लिनका लागि सरकारले पहल गरिरहेको मन्त्री खाँणले बताए । ‘विमानस्थल बनाउनुभन्दा पहिला नै एयर रुट परमिट लिन खोजेको भए विमानस्थल बन्न सक्दैनथ्यो’ उनले भने, ‘नेपालगञ्जबाट रुट परमिट लिने गरी प्रयास भएको छ ।’
उनले विमानस्थलमा आवश्यक सुरक्षा पोष्ट लगायतका संरचना छिटो बनाइने बताए । निजी क्षेत्र र सरकार एकअर्काको परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई सधैं साथ लिएर काम गर्ने गृहमन्त्री खाँणको भनाइ छ । निजी क्षेत्रकै आड भरोसाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्ने दृढता सरकारमा आएको उनले बताए ।
अब परियोजना लागू भएपछि यसले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र अर्थतन्त्रलाई माथि उकास्न ठूलो योगदान गर्ने मन्त्री खाँणले बताए । ‘एमसीसीले नेपालको विद्युतीय क्षेत्रमा चामत्कारिक परिवर्तन गर्छ, राष्ट्रलाई आर्थिक रुपमा बलियो बनाउँछ’ उनले भने ।
पूर्वमन्त्री एवं नेकपा एमालेका नेता घनश्याम भूसालले राज्यले लगानी डुब्दैन भन्ने ग्यारेन्टी गरे मात्रै निजी क्षेत्र फस्टाउन सक्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादनमूलक र निकासीजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।
साधारण सभामा उद्योगी व्यवसायीले सीमा क्षेत्रमा कडाइ नहुँदा चोरी तस्करी बढेको र यसले आफूहरु मर्कामा परेको गुनासो गरेका थिए । यस्तै, निकासीजन्य उद्योगलाई प्रोत्साहन नभएको, विशेष आर्थिक क्षेत्र सेज सञ्चालनमा ढिला भएको, भन्सारमा पार्किङ साँघुरो भएको लगायतका गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।