logo

रसुवागढी हाइड्रोपावरमा उपकरण जडान कार्य तीव्र, तीनवटा टर्वाइन जडान हुँदैं

    1050   पटक पढिएको

५ फागुन/अर्थ र व्यापार– उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ । आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड संक्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ ।
भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए । एक सय ११ मेगावाट क्षमताको विद्युत् आयोजनाका उपकरण जडान गर्न जिम्मा लिने भोइथ भारतीय कम्पनीमार्फत दैनिक ६० प्राविधिक जनशक्तिले तीव्ररूपमा जडान गरिरहेका छन् ।
उपकरण जडान कार्य दैनिक १२ घण्टा हुने गरेको छ । दुई महिनाको अन्तरालमा इलेक्ट्रिकल प्यानल जडान गर्ने काम भइसकेको बताइन्छ । रसुवागढी नजिक भोटेकोशीमा बाँधेर विद्युतगृहमा प्रतिसेन ८० घन मिटर पानी पठाउने डिजाइनअनुरूप चार हजार १८५ मिटर हेड्ररेस सुरुङसमेतका संरचना निर्माण भइसकेको आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिए । उपकरण जडानका साथसाथै आयोजना प्रभावित क्षेत्रका बासिन्दामाझ दिनुपर्ने सुविधाका काममा समेत सहयोग हुँदै आएको छ ।
आयोजनाले भोटेकोशी–दालगाउँ पाँच किमी, रोङ्गा–थुमन १३ किमी सडक टिमुरेमा तातोपानी पोखरी निर्माण, टिमुरे र थुमन क्षेत्रको पूरै भागमा विद्युतीकरण, थुमनमा गुम्बा निर्माण, दालगाउँमा विद्यालय भवन, टिमुरेमा भित्री सडक निर्माणका साथै ढलको व्यवस्थापन कार्य सम्पन्न गरेको छ ।

यसैगरी खैदी सडक निर्माणमा आर्थिक सहयोग, धुञ्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय भवन निर्माण, टिमुरे गाउँको फोहरमैला व्यवस्थापनका लागि ट्र्याक्टर प्रदान, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा स्वास्थ्यकर्मी तथा शिक्षक व्यवस्थापनजस्ता विविध प्रकारका थुप्रै सेवा प्रदान गरेको आयोजनाले जनाएको छ । वन क्षेत्रमा बिरुवा रोपण, डढेलो नियन्त्रण कार्यक्रमका साथै वर्षायामको समयमा स्याफ्रु–रसुवागढी राजमार्गमा हुने अवरोध हटाई यातायात सञ्चालनबाट भन्सार राजस्व असुलीमा समेत उल्लेखनीय सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।