logo

रसुवागढी हाइड्रोपावरमा उपकरण जडान कार्य तीव्र, तीनवटा टर्वाइन जडान हुँदैं

    1390   पटक पढिएको

५ फागुन/अर्थ र व्यापार– उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ । आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड संक्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ ।
भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए । एक सय ११ मेगावाट क्षमताको विद्युत् आयोजनाका उपकरण जडान गर्न जिम्मा लिने भोइथ भारतीय कम्पनीमार्फत दैनिक ६० प्राविधिक जनशक्तिले तीव्ररूपमा जडान गरिरहेका छन् ।
उपकरण जडान कार्य दैनिक १२ घण्टा हुने गरेको छ । दुई महिनाको अन्तरालमा इलेक्ट्रिकल प्यानल जडान गर्ने काम भइसकेको बताइन्छ । रसुवागढी नजिक भोटेकोशीमा बाँधेर विद्युतगृहमा प्रतिसेन ८० घन मिटर पानी पठाउने डिजाइनअनुरूप चार हजार १८५ मिटर हेड्ररेस सुरुङसमेतका संरचना निर्माण भइसकेको आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिए । उपकरण जडानका साथसाथै आयोजना प्रभावित क्षेत्रका बासिन्दामाझ दिनुपर्ने सुविधाका काममा समेत सहयोग हुँदै आएको छ ।
आयोजनाले भोटेकोशी–दालगाउँ पाँच किमी, रोङ्गा–थुमन १३ किमी सडक टिमुरेमा तातोपानी पोखरी निर्माण, टिमुरे र थुमन क्षेत्रको पूरै भागमा विद्युतीकरण, थुमनमा गुम्बा निर्माण, दालगाउँमा विद्यालय भवन, टिमुरेमा भित्री सडक निर्माणका साथै ढलको व्यवस्थापन कार्य सम्पन्न गरेको छ ।

यसैगरी खैदी सडक निर्माणमा आर्थिक सहयोग, धुञ्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय भवन निर्माण, टिमुरे गाउँको फोहरमैला व्यवस्थापनका लागि ट्र्याक्टर प्रदान, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा स्वास्थ्यकर्मी तथा शिक्षक व्यवस्थापनजस्ता विविध प्रकारका थुप्रै सेवा प्रदान गरेको आयोजनाले जनाएको छ । वन क्षेत्रमा बिरुवा रोपण, डढेलो नियन्त्रण कार्यक्रमका साथै वर्षायामको समयमा स्याफ्रु–रसुवागढी राजमार्गमा हुने अवरोध हटाई यातायात सञ्चालनबाट भन्सार राजस्व असुलीमा समेत उल्लेखनीय सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।