logo

बुढीगण्डकी जलविद्युत आयोजनाको संरचनाको क्षतिपूर्ति दिंदा ह्रासकट्टी नगर्न अर्थ मन्त्रालयको सुझाव

    1469   पटक पढिएको

२३ मंसिर/अर्थ र व्यापार – अर्थ मन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाको संरचनाको क्षतिपूर्ति दिंदा ह्रासकट्टी नगर्न सुझाव दिएको छ । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले सो विषयमा गत २६ साउनमा बुढीगण्डकी जलविद्युत आयोजनाको संरचनाको क्षतिपूर्ति दिंदा हासकट्टी नगर्ने सम्बन्धमा सहमतिका लागि अर्थमा पत्राचार गरेको थियो ।
अर्थ मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै उर्जा मन्त्रालयलाई पत्र लेख्दै आयोजनाबाट प्रभावित क्षेत्रका घर, गोठ लगायतका भौतिक संरचनाको क्षतिपूर्ति निर्धारणका क्रममा हासकट्टी गर्ने नगर्ने भन्ने स्पष्ट नीति नभएको उल्लेख गरेको छ ।
तर, सो आयोजनाबाट विस्थापित हुनेहरुको पुर्नस्थापना गर्न बसोबास समेतका लागि नयाँ आवासहरु बनाउनुपर्ने भएको, साथै राष्ट्रिय महत्वको सो आयोजना छिटो निर्माण गर्न आवश्यक भएकोले हासकट्टी नगरी मुआब्जा दिन मनासिव भएको पनि अर्थ मन्त्रालयले दिएको सुझावमा उल्लेख छ ।
यसैगरि, अर्थ मन्त्रालयले यो विषयमा अन्यथा निर्णय हुन जरुरी भए नेपाल सरकार, मन्त्रिपरिषदमा छलफल गर्न उपयुक्त हुने भएकाले यस मन्त्रालयको राय र सुझाव रहेको उल्लेख गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।