logo

प्राधिकरणले पायो ४९०.२ मेगावाटको अरुण–४ जलविद्युतको लाइसेन्स , आयोजना निर्माणको अनुमानित लागत ६५ अर्ब रुपैयाँ 

    1503   पटक पढिएको

९ कात्तिक / अर्थ र व्यापार – सरकारले अरुण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिका स्थित सो आयोजना निर्माणको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो । 
जसकालागि नियमन निकाय विद्युत विकास विभागले यस आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । प्राधिकरणले यस आयोजनाको लाइसेन्सका लागि विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । 
सोही आधारमा प्राधिकरणले यस आयोजनाको सर्भेक्षण लाइसेन्स सोमबार प्राप्त गरेको छ । अब प्राधिकरणले सो आयोजना निर्माण गर्ने छ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको विद्युत गृह भन्दा तल्लो भागमा पर्छ । अरुण–४को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय ५१ मेगावाटका दुईवटा आयोजनाहरु एकसाथ अघि बढाउने छ । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी १ हजार ५ सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रुपमा ‘जनताको जलविद्युत कायक्रम’अन्तर्गत अघि बढाइने बताए । अरुण– ४ को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा भएको र माथिल्लो अरुण तथा अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण र लगानीको मोडालिटी आगामी एक÷डेढ वर्षभित्रमा टुंगाएर अघि बढाउने बताउँदै कार्यकारी निर्देशक घिसिङले भने, ‘अब यस आयोजनाबाट प्राप्त हुने लाभ आमनागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिने छ ।’
जसकालागि विद्युत विकास विभागले अरुण– ४ विद्युत गृह आयोजनालाई नदीको वहावमा आधारित आयोजनाको रुपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले अब यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको प्राधिकरणले जानकारि गराएको छ ।  
प्राधिकरणका अनुसार यस अरुण–४ आयोजनाको बाँधस्थल संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभान भन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्ती भन्दा उत्तरमा पर्छ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङ मार्ग मार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृह मार्फत विद्युत उत्पादन गरिने छ । विद्युत गृहबाट विद्युत उत्पादन गरी ४७३.४ किलोमिटर टेलरेस सुरुङमार्फत त्यहाँको पानीलाई पुनः अरुण नदीमा खसालिने छ । 
यस आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र पुग्न करिब ६२ र ७७ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि यस आयोजना निर्माण क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युतगृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामिण सडक हाल त्यहाँको गाउँपालिकाले स्तरोन्नति गरिरहेको अवस्था छ । विभागले गरेको अध्ययन अनुसार, यस आयोजना निर्माणको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपैयाँ)  रहेको छ । यस आयोजना सञ्चालनमा आएपछि वार्षिक २ अर्ब ९ करोड युनिट विद्युत उत्पादन हुने विभागको अनुमान छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।