logo

प्राधिकरणले पायो ४९०.२ मेगावाटको अरुण–४ जलविद्युतको लाइसेन्स , आयोजना निर्माणको अनुमानित लागत ६५ अर्ब रुपैयाँ 

    1081   पटक पढिएको

९ कात्तिक / अर्थ र व्यापार – सरकारले अरुण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिका स्थित सो आयोजना निर्माणको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो । 
जसकालागि नियमन निकाय विद्युत विकास विभागले यस आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । प्राधिकरणले यस आयोजनाको लाइसेन्सका लागि विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । 
सोही आधारमा प्राधिकरणले यस आयोजनाको सर्भेक्षण लाइसेन्स सोमबार प्राप्त गरेको छ । अब प्राधिकरणले सो आयोजना निर्माण गर्ने छ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको विद्युत गृह भन्दा तल्लो भागमा पर्छ । अरुण–४को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय ५१ मेगावाटका दुईवटा आयोजनाहरु एकसाथ अघि बढाउने छ । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी १ हजार ५ सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रुपमा ‘जनताको जलविद्युत कायक्रम’अन्तर्गत अघि बढाइने बताए । अरुण– ४ को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा भएको र माथिल्लो अरुण तथा अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण र लगानीको मोडालिटी आगामी एक÷डेढ वर्षभित्रमा टुंगाएर अघि बढाउने बताउँदै कार्यकारी निर्देशक घिसिङले भने, ‘अब यस आयोजनाबाट प्राप्त हुने लाभ आमनागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिने छ ।’
जसकालागि विद्युत विकास विभागले अरुण– ४ विद्युत गृह आयोजनालाई नदीको वहावमा आधारित आयोजनाको रुपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले अब यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको प्राधिकरणले जानकारि गराएको छ ।  
प्राधिकरणका अनुसार यस अरुण–४ आयोजनाको बाँधस्थल संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभान भन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्ती भन्दा उत्तरमा पर्छ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङ मार्ग मार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृह मार्फत विद्युत उत्पादन गरिने छ । विद्युत गृहबाट विद्युत उत्पादन गरी ४७३.४ किलोमिटर टेलरेस सुरुङमार्फत त्यहाँको पानीलाई पुनः अरुण नदीमा खसालिने छ । 
यस आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र पुग्न करिब ६२ र ७७ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि यस आयोजना निर्माण क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युतगृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामिण सडक हाल त्यहाँको गाउँपालिकाले स्तरोन्नति गरिरहेको अवस्था छ । विभागले गरेको अध्ययन अनुसार, यस आयोजना निर्माणको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपैयाँ)  रहेको छ । यस आयोजना सञ्चालनमा आएपछि वार्षिक २ अर्ब ९ करोड युनिट विद्युत उत्पादन हुने विभागको अनुमान छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।