logo

ट्वीटरको शेयरमूल्य १७ प्रतिशतले बढ्यो

    1461   पटक पढिएको

११ बैशाख /अर्थ र व्यापार - ट्वीटरको शेयर मूल्य १७ प्रतिशतभन्दा धेरैले बढेको छ । गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा ट्वीटरको आम्दानी १८ प्रतिशतले बढेर ७८ करोड ७० लाख डलर पुगेको छ ।

त्यसैगरी दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ११ प्रतिशतले बढेर १३ करोड ४० लाख  पुगेको छ ।ट्वीटरका अध्यक्षले अनलाइन दुरुपयोग रोक्ने तरिकामा सुधार गर्ने वाचा गरेसँगै यसका प्रयोकर्ताहरुको संख्यामा वृद्धि भएको बताइएको छ । ट्वीटरले अनुमान गरेभन्दा बढी आम्दानी भएको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले मासिक प्रयोगकर्ता पनि अनुमानभन्दा बढेको बताएको छ । यसअघि विश्लेषकहरूले ट्वीटरको नाफा ७७ करोड ६१ लाख डलर पुग्ने अनुमान गरेका थिए ।

ट्वीटरका संस्थापक ज्याक डोर्सीले ट्वीटरको डिजाइनले आक्रोशलाई प्रोत्साहन गरेको भन्दै पछुतो महसुस भएको बताएका थिए । उनले गत हप्ता भएको एउटा व्यापार सम्मेलनमा साइटलाई अधिक क्रियाशील बनाउन र दुरुपयोग तथा गलत सूचना प्रवाहलाई रोक्नका लागि साइट सञ्चालनमा परिवर्तन गर्ने बताएका थिए ।

डोर्सीको उक्त घोषणासँगै ट्वीटरको शेयर मूल्यमा वृद्धि भएको बताइएको छ । योसँगै उसको बजार पूँजीकरणमा २ अर्ब ७० करोड डलर थपिएको छ । उसको समग्र बजार पूँजीकरण २९ अर्ब डलर पुगेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा सक्रिय मासिक प्रयोगकर्ता ३३ करोड पुगेका छन् । यो संख्या ३१ करोड ८० लाख पुग्ने अनुमान थियो ।

गत वर्ष ट्वीटरका मासिक प्रयोगकर्ताको संख्या ३३ करोड ६० लाखबाट घटेर ३२ करोड १० लाखमा झरेको थियो । ट्वीटरले अपमानजनक र नक्कली खाताको शुद्ध्ीकरणका कारण प्रयोगकर्ताहरुको संख्या घटेको बताएको थियो 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।