logo

सामाजिक सञ्जाल कम्पनीलाई १ साताभित्र सूचीकरण गरिसक्न सञ्चार मन्त्रालयको ताकेता

    916   पटक पढिएको



१२ भदौ/अर्थ र व्यापार – सरकारले सामाजिक सञ्जाल कम्पनीलाई आगामी १ साताभित्र सूचीकरण गरिसक्न ताकेता गरेको छ । सूचीकृत हुनका लागि गरेको आह्वानलाई बेवास्ता गरेका सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुनः चेतावनीसहित यस्तो ताकेता गरेको हो ।
मन्त्रालयले एक साताभित्र सबै सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गरिसक्न भनेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले तोकिएको मितिभित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई बन्द गर्ने चेतावनी दिएको छ ।
तोकिएको समयभित्र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराइने पनि मन्त्रालयले जनाएको छ । नेपालमा टिकटक, भाइबर र वीटक मात्रै सूचीकरण भएका छन् । फेसबुक, एक्स लगायतका अरू सामाजिक सञ्जालहरू आगामी १८ भदौभित्र सूचीकरण नभए वा सूचीकरणको प्रक्रियाका लागि सम्पर्कमा नआए दूरसञ्चार प्राधिकरणले बन्द गर्नेछ ।
यसका लागि प्राधिकरणलाई निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ । सूचीकरणसँगै नेपालमा सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
यसअघि गत ९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार मन्त्रालयले ७ दिनको समय दिई सूचीकरणका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको थियो । सोही निणर्य बमोजिम अहिले सञ्चार मन्त्रालयले यस्तो ताकेता गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।