logo

टेलिकमलाई फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन

२१ औं वार्षिकोत्सवमा टेलिकमका २०१ कर्मचारीले पाए ५ ग्राम सुन, २ तोला चाँदी मिश्रित पदक र १ महिनाको तलब

    1010   पटक पढिएको



२२ माघ/अर्थ र व्यापार – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन दिएका छन्। नेपाल टेलिकमको २१औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा रहेकाले टेलिकमले ठूला सहरमा तत्कालै फाइभजी सेवा सुरु गर्नुपर्ने बताएका हुन्।
‘विकसित विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा छ । हामीलाई भने फाइभ जी सेवा नेपालमा मुख्य सहरहरुमा सुरु गरिहाल्नुपर्ने आवश्यकता छ । यसमा नेपाल दूरसञ्चार कम्पनीकै महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।
मन्त्री गुरुङले प्रविधिको क्षेत्रमा हुने विकासलाई आत्मसात नगरे टेलिकम पछिपर्ने बताए । ‘संसारमा जति पनि परिवर्तन र नयाँनयाँ प्रविधिको विकास, विस्तार र आविष्कार भइरहेको छ, त्यो क्षेत्र पनि सञ्चारकै क्षेत्र हो, सूचना प्रविधिकै क्षेत्र हो । त्यसैअनुसार समयको गति नसमात्ने हो भने हामी पछि परिहाल्छौं। छिनको छिनमै पुरानो र असान्दर्भिक हुन्छौं,’ उनले भने ।
यसैगरी, उनले देशलाई डिजिटल युगमा खरो उतार्दै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा उच्चतम् फड्को मार्नुपर्नेमा जोड दिए । उनले आम्दानीको स्रोत परिवर्तन भएकाले टेलिकमले डेटा सर्भिसमा आफूलाई अब्बल बनाउनुपर्नेमा जोड दिए ।
‘टेलिकम कम्पनीहरुको राजस्व आम्दानी भ्वाइस सर्भिसभन्दा डेटा सर्भिसमा निर्भर हुनुपरेको कुरा कसैबाट छिपेको छैन, दूरसञ्चार कम्पनीले त्यसमा आफूलाई अग्रसर गराइहाल्नुपर्छ,’ उनले भने, ‘खुला बजार र प्रतिस्पर्धात्मक जमानामा टेलिकमले आफूलाई समयानुकूल बनाउँदै लैजानुपर्छ भन्ने कुरा स्मरण गराइरहनुपर्ने विषय होइन।’
मन्त्री गुरुङले फोरजी सेवा देशव्यापी बनाउन पनि आग्रह गरे । उनले ब्रोडब्यान्ड कनेक्सन वडातहसम्म पु¥याउन तथा मर्मत सम्भारको सुविधा चौबिसै घण्टा उपलब्ध गराउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए ।
‘सेवा विस्तारका सन्दर्भमा हरेक घरमा फोरजी कभरेज पु¥याउने लक्ष्यमा नेपाल टेलिकमलाई सफलता छिटै प्राप्त हुने विश्वास गरेको छु । सँगसँगै स्थानीय तह र वडासम्म ब्रोडब्यान्ड कनेक्सन पु¥याउने कार्यलाई टेलिकमले प्राथमिकतासाथ पूरा गर्नुपर्ने छ,’ उनले भने, ‘ग्राहकहरुको सेवाका लागि २४ सै घन्टा मर्मत सम्भारको सुविधा पनि नेपाल टेलिकमले दिने विश्वास गरेको छु ।’
सोही अवसरमा टेलिकमका २०१ कर्मचारीलाई ५ ग्राम सुन तथा २ तोला चाँदी मिश्रित पदक र एक महिनाको तलब थप गरिएको सो कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमका २ सय १ जना कर्मचारीले दीर्घ सेवा पदक पाएका हुन् । २१ औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घ सेवा पदक वितरण गरेको थियो ।
यसैगरी, ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु रहेका छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका २ सय १ जना कर्मचारीलाई पाँचग्राम सुन र केही चाँदी मिसिएको तक्मा एवं सरकारी स्केल अनुसार एक महिनाको तलब थपेर दिइएको जानकारी दिए ।
उनले पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको बताए । यस्तो पदक पाउने कर्मचारीहरु २०५८ सालको २२ कात्तिक देखि २०६१ सालको १० माघसम्म स्थायी भएकाहरु रहेका छन् । सहप्रवक्ता मिश्रले भने, ‘दीर्घ सेवा पदक र एक महिना बराबरको तलब वितरण पहिले पनि हुन्थ्यो, यो पुरानै निरन्तरता हो ।’ मन्त्री गुरुङले सो पदक प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।