logo

त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै

    1404   पटक पढिएको


२ पुष / अर्थ र व्यापार - काठमाडौँ (रासस) त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त हुने भएका छन् । समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिने छ । उक्त अवसरमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने तामाङसहित १५ र स्नातक तहमा उत्कृष्ट ल्याउने आठ जनालाई विभिन्न पदक पनि प्रदान गरिने भएको छ । समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित हुने त्रिविका परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिए ।

उनका अनुसार ६२ जना विद्यावारिधि प्राप्त छन् । समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिन्छ । दीक्षित हुने विद्यार्थीलाई यही पुस ९ देखि गाउन र स्कार्फ वितरण गरिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।