logo

पुनर्निर्माणमा मद्दत गर्न टोल फ्री सेवा

    1809   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलक्षित निःशुल्क हेल्पलाइन (टोल फ्री) सेवा सुरु गरेको छ । यो सेवा आवास निर्माण तथा पुनर्निर्माणसम्बन्धी जानकारी दिन र गुनासो लिई तत्काल सम्बोधन गर्न प्राधिकरणले सुरु गरेको हो।
 
गत बुधबार सुरु भएको हेल्पलाइनमा एक हप्तामा एक सय ९५ जनाले गुनासो दर्ता गराएका छन् । हेल्पलाइनमा आएका अधिकांश गुनासो निजी आवास पुनर्निर्माणसम्बन्धी रहेको छ ।

नेपाल टेलिकमका प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गरेर आवश्यक जानकारी लिन सक्ने छ । हेल्पलाइनमा आएका गुनासाको जवाफ दर्ता भएको भोलिपल्ट फोनबाटै दिने व्यवस्था गरिएको छ । हेल्पलाइन सेवा २४ सै घन्टा उपलब्ध पनि हुनेछ । 

यो सेवा लाखौं भूकम्प पीडितका लागि उपयोगी हुने छ । यसले पीडित तथा प्राधिकरणबीच दुईतर्फी सञ्चारमा मद्दत गर्नेछ ।

यो सेवा प्राधिकरणले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।