logo

महान चाड दशैंमा नेपाल टेलिकमको बम्पर छुट

    1309   पटक पढिएको

५ असोज / अर्थ र व्यापार – नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न छुट घोषणा गरेको छ ।
रिचार्जमा बोनस ः जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म रु. ५०, रु. १००, रु. २००, रु. ५०० र रु. १०००का रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी रु. १० र सो भन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ ।
युट्युब डाटा प्याकेज ः जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । यो प्याकेज लिनका लागि थ्त्ज्ञन्द्य वा थ्त्छण्ण्ःद्य लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।
कम्बो प्याकेज ः जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।
त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।
यो प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम लिनको लागि ऋइःद्यइज्ञण् टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी अन्यको लागि ऋइःद्यइद्दछ, ऋइःद्यइछण्, ऋइःद्यइज्ञण्ण् अथवा ऋइःद्यइघण्ण् टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । साथै ८ज्ञद्धज्ञछ३ डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।
भ्वाइस प्याकेज ः जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ ।
५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ । यो प्याकेज अन्तर्गत अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल लिनको लागि ख्इक्ष्ऋभ्ज्ञज्ञ टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।
त्यसैगरी अन्यको लागि ख्इक्ष्ऋभ्घण्, ख्इक्ष्ऋभ्ठछ, ख्इक्ष्ऋभ्द्दण्ण् अथवा ख्इक्ष्ऋभ्टछण् टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । साथै ८ज्ञद्धज्ञछ३ डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ । 
पीएसटीएन र सीफोन सेवामा बोनस ः यो सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल रु. २०० मा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००–१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ ।

एडीएसएल, एफटीटीएच र वाइम्याक्समा अफर ः असोज ११ देखि १८ भित्र भित्र अनलिमिटेड र भोल्युम बेस एसएसएल एमाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १९  गतेसम्म थप गरिएको छ । त्यसैगरी त्यसै अवधिभित्र भित्र एडीएसएल, एफटीटीएच र वाइम्याक्मा को समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि १९ गतेसम्म थप गरिएको छ ।
एसएमएसमा छुट ः जिएसएम तथा सिडिएमए प्रिपेडरपोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा मिति असोज ११ देखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्क्भित्र ५० पैसामा एसएमएस गर्न सकिनेछ ।
फोरजी सिम निःशुल्क परिवर्तन ः कम्पनीले मिति असोज ०५  गतेदेखि कातिर्क ३०  गते सम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम(यू सिम) परिवर्तन निःशुल्क गरिएको छ । यो सेवा कम्पनीका काठमाण्डौ, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।