logo

टेलिकमद्धारा काठमाडौं र पोखराबाहिर फोरजी विस्तार गर्न ढिलाई

    1695   पटक पढिएको


२३ जेठ / अर्थ र व्यापार-आफ्नोे तिव्र गतिको मोबाइल इन्टरनेट फोरजी सेवाको विस्तारमा नेपाल टेलिकमले ढिलाइ गरेको छ । टेलिकमले काठमाडौं र पोखरामा फोरजी सुरु गरेको ५ महिना बित्दा पनि अन्य शहरमा विस्तारका लागि अझै टेण्डर भरेको छैन ।

टेलिकमले निजी क्षेत्रमा फोरजी सेवा थालिसक्दा पनि आफ्नो सेवा विस्तारमा गर्न सकेको छैन । टेलिकमले एक वर्र्षिभत्र देशभर फोरजी पु¥याउने भनेपनि पहिलो चरणको १५ उपमहानगरपालिकामा विस्तार गर्ने योजनामा भने ढिलाई भएको छ । 

टेलिकमले फोरजी सेवा पुस १७ गतेबाट थालनी गरेको थियो । टेलिकमले महत्वपूर्ण शहरमा एकैैसााथ फोरजी सेवा थाल्नका लागि नेटवर्क डिजाइन गरेको छ । यो सकिनासाथ टेण्डर गरेर फोरजीलाई प्रमुख शहरी क्षेत्रहरुमा केन्द्रित गरिने छ ।

उपत्यका र पोखराबाहिरका टेलिकमका ग्राहक फोरजीको प्रतिक्षामा छन् । तर, टेलिकमले भने एलटीई विस्तारका लागि काम गरिरहेको छैन । बिर्तामोड, धरान, इटहरी, भरतपुर, हेटौंडा, वीरगञ्ज, जनकपुर, विराटनगर, नेपालगञ्ज, बुटवल, धनगढी लगायतका क्षेत्रमा अब फोरजी विस्तार हुनेछ । सँगै केही शहरी बस्ती बाक्लो भएका नगरपालिकामा पनि फोरजी सेवा सुरु गर्ने योजना छ ।
 

.

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।