logo

सरकारले वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने

    1910   पटक पढिएको

 


२४ कात्तिक  / अर्थ र व्यापार - काठमाडौं । सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेश जान चाहाने युवालाई विभिन्न १३ किसिमका सीपमूलक तालिम दिने तयारी गरेको हो ।

बोर्डले निर्माण, होटल, सेक्युरिटी लगायतका विधाका तालिमहरु सञ्चालन गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले अनलाइनखबरलाई जानकारी दिए । अदक्ष र अर्धदक्ष युवा जनशक्तिले विदेशमा बेर्होनुपरेको दुःख र पीडालाई ध्यान दिएर तालिम सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । ‘तालिम नलिई विदेश जाने युवाको आम्दानी राम्रो हुँदैन । सीप भएका युवालाई ठूलो दुःख भोग्नु नपर्ने  अवस्था छ । त्यसैले यो वर्ष पनि १० हजार युवालाई तालिम दिने योजना ल्याएका हौं,’ बोर्डका कार्यकारी निर्देशक काफ्लेले भने ।

युवाहरुलाई निर्माण तर्फ सहयक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ र हाउस वायरिङको तालिम निशुल्क दिइनेछ । हेटलतर्फ कुक, वेटररवेट्रेस, हाउस किपिङ, र कफी मेकरको तालिम सञ्चालन हुनेछ भने टेलरिङ र सेक्युरिटी गार्डको तालिम पनि इच्छुक युवाले पनि अवसर पाउने छन् ।

बोर्डले तालिम सञ्चालन गर्न आशयपत्र माग गरेर तालिम प्रदायक संस्था छनोट अघि बढाएको छ । केही समयपछि नै तालिम सञ्चालन गर्ने संस्थाको छनौट गरिने काफ्लेले बताए । देशभरका १० हजार युवाहरुलाई एक महिने तालिम दिने योजना छ ।

केही विशेष तालिम लिन चाहने युवालाई निःशुल्क आवासीय सुविधा पनि दिइने छ । झण््डै १५ सय युवालाई खाने बस्ने सुविधासहितको तालिम दिने योजना छ । ग्रामीण तथा विकट क्षेत्रका युवाहरुलाई ध्यानमा राखेर देशका प्रमुख शहरहरुमा निःशुल्क खाने तथा बस्ने सुविधा दिइने बोर्डले जनाएको छ ।
तालिम सञ्चालनमा विभिन्न दातृ निकायले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्नेछन् । अघिल्लो आर्थिक वर्ष ०७३र०७४ मा पनि बोर्डले १० हजारलाई तालिम प्रदान गरको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।