logo

फेसबुक पुरै बदलिएको कम्पनी भएको मार्क जुकरबर्गको दाबी

    1536   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार - डेटा लिकमा पटकपटक आलोचना झेलिरहेको फेसबुकका संस्थापक सीईओ मार्क जुकरवर्गले फेसबुकमा देखिइरहेको समस्या समाधानका लागि अझै एक वर्षभन्दा बढी समय लाग्नसक्ने बताएका छन् । उनले भने चुनावमा सोसल मिडियाको माध्यमबाट हस्तक्षेप जस्तो समस्या त कहिल्यै पनि पूर्ण रुपमा समाप्त हुनै सक्दैन ।

जुकरबर्गले एउटा ब्लग पोष्टमा उक्त कुरा बताएका हुन् । यूरोपदेखि अमेरिकासम्म पटक–पटक डेटा लिकको खबर सार्वजनिक भएपछि जुकरबर्गले कयौँ पटक यस मुद्दामा माफी पनि मागेका थिए । उनले फेसबुक अब पूरै बदलिएको कम्पनी भएको दाबी गरेका छन् । उनले भने, फेसबुकका समस्यालाई लिएर कम्पनी अति सक्रिय (प्रोएक्टिभ) दृष्टिकोण राख्नेछ । यसका लागि हामीले आफ्नो डीएनए मौलिक रुपमा बदलिदिएका छौं ।

उनले कम्पनीद्धारा उठाइएको केही कदमको पनि जानकारी दिए । आतङ्कवादसँग जोडिएका ९९ प्रतिशत कन्टेन्ट कसैले उजुरी गर्नभन्दा पहिले नै फेसबुक आफैँले हटाइदिन्छ । गलत सुचना, घृणा फैलाउने काम, चुनावमा हस्तक्षेप र गलत सूचना फैलाउनका लागि सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म फेसबुकको दुरुपयोग गरिएको कुरा जुकरबर्गले स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।