logo

भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भयो

    1643   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भएको छ । रुसी कम्पनी इलारीले यो फोन विश्वकै सानो जीएसएम फोन भएको दावी गरेको छ । यो फोन वेबसाइटबाट किन्न सकिन्छ । यसको मूल्य २ हजार ९ सय ९९ भारतीय रुपैयाँ पर्छ । यो फोन प्लाटिनम सिल्भर, रोज गोल्ड तथा ब्ल्याक रङमा उपलव्ध छ ।
यो फोनको नाम नानो फोन सी हो । यसको बडी आल्मुनियमबाट बनेको छ भने बोर्ड सिलिकनको छ । कम्पनीले यो भन्दा पहिले पनि यस किसिमको फोन सार्वजनिक गरेको थियो । यो फोनमा ब्लूटूथ सपोर्टका साथसाथै कल रिकर्ड गर्ने व्यवस्था पनि छ । यसमा म्याजिक भ्वाइस फंसनको व्यवस्था गरिएको छ । जसका माध्यमबाट आवाज बदल्न सकिन्छ । यो फोनमा १ हजार कन्ट्याक्ट स्टोरको व्यवस्था गरिएको छ ।
नानो फोन सीमा १ इन्चको टीएफटी डिस्प्ले राखिएको छ । फोनमा मिडिया टेक एमटी ६२६१ डी प्रोसेसर राखिएको छ । फोनमा ३२ एमबीको ¥याम छ । यसको इन्टरनल मेमारी पनि ३२ एमबीको छ । माइक्रो एसडी कार्डको माध्यमबाट यसलाई बढाएर ३२ जीबी सम्म पु¥याउन सकिन्छ । यसको ब्याट्रि २८० एमएएचको छ । यो क्षमताको ब्याट्रिले ४ घन्टाको टकटाइम दिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।