logo

एक हजारको मोबाइल किन्दा पाँच हजारको गिफ्ट

    1567   पटक पढिएको

९ असार / अर्थ र व्यापार - केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोमा एक हजारको मोबाइल किन्दा पाँच हजारबराबरको गिफ्ट ह्याम्पर पाइने छ । ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोनको खरिदमा एक लाखभन्दा बढी भ्यालु भएको गिफ्ट ह्याम्पर पाउने व्यवस्था गरिएको छ ।

एसइई परीक्षाको प्रवेशपत्र लिएर आउने हरेक विद्यार्थीलाई मोबाइल हबमा प्रवेश गरेसँगै सीमित अवधिका लागि एउटा सेल्फी स्टिक निःशुल्क प्रदान गरिने छ र हरेक मोबाइलको खरिदमा केएल टावरस्थित एफ क्युब सिनेमाको २ वटा टिकट र क्लब डेजाभुको ४ हजारबराबरको २ वटा टिकट उपलब्ध गराइने छ । ५० हजारभन्दा माथिको स्मार्टफोन खरिदमा एफ क्युब सिनेमाको २ वटा टिकट र क्लब डेजाभुको एक वर्षका लागि प्रिभिलेज कार्ड उपलब्ध गराइनेछ ।

केएल मोबाइल हबको भिजिट गर्दा लक्की ड्रमार्फत सिंगापुर र मेलेसिया भ्रमणको अवसर प्राप्त गर्न सकिने तथा फोटो कन्टेस्टमा भाग लिएर सामसुङ ग्यालेक्सी एस ८ जित्ने अवसर पनि पाइने छ । केएल टावरमा खोलिएको मल्टी ब्रान्ड मोबाइल हब नेपालमै पहिलो भएको छ ।

मोबाइल एक्स्पोमा आइफोन, सामसुङ, ब्ल्याकबेरी, वन प्लस, एचटिसी, नोकिया, सोनी, ओप्पो, जियोनी, हुवावे, जोप्पो, एमआई, ओबिआई, एलजी, कुलप्याड, लेनेभो, जेटटिई, युएमआई, लाभा, कलर्स, पानासोनिक, किन्जिन्दा, डिटिसीका मोबाइल फोनको कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।