logo

नेपालमा ‘रेमिट्याप’मोबाईल वालेट सेवाको सुरुवात

    2012   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच विदेशबाट रेमिटेन्स पठाउनको लागि त्रिपक्षिय सम्झौता भएको छ । सर्वसाधरणको सुविधाको लागि ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धी त्रि–पक्षीय सम्झौता अनुसार  ‘रेमिट्याप’मोबाईल वालेट सेवाको सुरुवात भएको छ । 

यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो जसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनु भएका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताए । साथै, वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्पmत गर्न सकिने प्रविधि समेत रहेको जानकारी दिए ।

त्यसै गरी ए.एम.भी. टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहनु भएका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता÷वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको र नेपालको १०,००० ठाउँबाट रकम झिक्नसकिने व्यवस्था समेत रहेको बताए ।

यस सेवाको सुभारम्भ सँगै माछापुच्छ्रे बैंकका ग्राहक एवं सर्वसाधरणले ‘रेमिट्याप’वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिट्यान्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् ।बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएडदवै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।