logo

रक्सौल–काठमाडौं रेलमार्ग ब्रोड गेजमा निर्माण हुने

    1555   पटक पढिएको

२ पुस /अर्थ र व्यापार   - रक्सौल–काठमाडौं रेलमार्ग ब्रोड गेजमा निर्माण गर्न लागिएको छ । नेपाल र भारत सरकारका बीचमा द्धिपीक्षीय सम्झौता भएर ब्रोड गेज निर्माण गर्न लागिएको हो । 

रेल विभागका महानिर्देशक बलराम मिश्रले प्रारम्भिक फेजमा सर्भे गर्ने काम भैरहेकाले पुन सहमति गरेर मात्रै निर्माण कार्य अघि बढ्ने बताए । उनले भारतलाई  स्ट्याण्डर्ड गेजमा नै रेलमार्ग निर्माण गर्नका लागि आग्रह गर्न लागिएको जानकारी दिए ।
खासगरी अहिले विश्वमा दुई प्रकारका रेल प्रविधि संचालनमा रहेका छन् । स्ट्याण्डर्ड गेज र ब्रोड गेज । न्यारो गेज अहिले संसारबाट लगभग हटिसक्यो । कतैकतै ब्रोड गेज र स्ट्याण्डर्ड गेज प्रविधि मिलाएर मिश्रित रुपमा रेल संचालन गरेको पाइन्छ । यो सबैभन्दा महङगो प्रविधि हो ।

भारतीय प्रणालीभित्र ब्रोड गेज रेल संचालनमा रहेका छन् । अहिले रेल संचालन गरिरहेका अधिकांश देशहरुले आफुलाई स्टयाण्डर्ड गेजमा रुपान्तरण गरिसकेका छन् । जति पनि संसारमा हाइस्पिडका रेलहरु संचालनमा रहेका छन् ती सबै स्टयाण्डर्ड गेजमा डिजाइन भएका छन् । जसलाई  एडभान्स गेज पनि भन्ने गरेको पाइन्छ ।

उच्च गतिको रेलमार्ग भएका चीन, जापान, अमेरिका लगायतका देशहरुमा स्टयाण्डर्ड गेज रहेका छन् । व्यापारिक र प्राविधिक हिसावले स्ट्याण्डर्ड गेज नै उत्कृष्ट हुने अन्तराष्ट्रिय अध्ययन र अनुभवहरुले देखाएका छन् । हाम्रो जस्तो पहाडी मुलुकमा स्टयाण्डर्ड गेज उपयुक्त हुने रेल विभागक एक इन्जिनियरले जानकारी दिए । ती इन्जिनियरका अनुसार स्टयाण्डर्ड गेजको रेल उकालो र ओरालोमा संचालन गर्न तुलनात्मक रुपमा सहज मानिन्छ ।

अहिलेसम्म डिजाइन भएको ब्रोड गेजको गति १ सय किलोमिटर प्रतिघण्टा मात्रै रहेको पाइन्छ । त्यसभन्दा बढी गतिमा जान खोजे ब्रेकदेखि अन्य सुरक्षाका समस्याहरु आइपर्न सक्छ । भारतमा अहिले एक्सप्रेस वे भनिएका ब्रोड गेज रेलको गति औसतमा ५० देखि १०० किमी मात्रै रहेको छ । स्ट्याण्डर्ड गेजमा रेलको गति ३ सय ५० किमी प्रतिघण्टा सहजै स्पिड कायम गर्न सकिन्छ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौल–काठमाडौ विद्युतीय रेलमार्ग बनाउने सहमति भएको थियो । त्यसको लगत्तै भारतीय परामर्शदाता कम्पनी कोंकणले सर्भे सुरु गरेको हो । विरगंज काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि रेल विभागले परामर्शदाता कम्पनीहरुसँग नेगोसिएसन गरिरहेको थियो । भारत सरकारसँग रक्सौल–काठमाडौं रेलमार्ग निर्माण गर्ने समझदारी भएपछि रेल विभागले यसलाई रोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।