logo

ग्रामीण तथा शहरी विकास नेपालले झापाको चालीस बालबालिकालाई राहत वितरण

    1358   पटक पढिएको


    २८ मंसिर  / अर्थ र व्यापार - ग्रामीण तथा शहरी विकास नेपालले बुधबार झापाको कचनकवल, बाह्रदशी र हल्दिवारीका ४० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले राहत वितरण गरेको छ । युनिसेफको सहयोगमा महिला तथा बालबालिका कार्यालय, झापाको प्राविधिक सहयोगमा सो संस्थाले तीनवटै गाउँपालिका कार्यालयमा गई राहत वितरण गरेको हो ।

बाढी प्रभावित तथा विस्थापित बालबालिका र परिवारलाई हिंसा र शोषणबाट बचाउने प्रभाव न्यूनीकरण परियोजनाअन्तर्गत यो राहत वितरण गरिएको संस्थाकी अध्यक्ष वसन्तलक्ष्मी उदासले जानकारी दिनुभयो । संस्थाले झापाका एक नगरपालिका र छ गाउँपालिकामा बाढीबाट पीडित भएका अतिविपन्न तथा विस्थापित १०० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले राहत वितरण गरेको संस्थाका कार्यक्रम संयोजक पुष्प संग्रौलाले जानकारी दिनुभयो ।

दमकमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले बाढी पीडितलाई तत्काल राहत वितरण गरी मनोसामाजिक सेवा समेत उपलब्ध गराएको थियो । संस्थाले आज शिवसताक्षी नगरपालिका, कमल, गौरीगञ्ज गाउँपालिकामा र शुक्रबार झापा गाउँपालिकामा बाँकी ६० जनालाई राहत वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।