logo

एनटिए अध्यक्षमा दिगम्बर झालाईनै ल्याउन संचारमन्त्रीको तयारी, तर सकारात्मक छैनन् प्रधानमन्त्री

    1872   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार– सूचना तथा संचार मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई पुनर्नियुक्तीको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिसकेको छ । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संचारमन्त्री गोकुल बाँस्कोटाको विशेष पहलमा झालाई पुर्ननियुक्ती गर्न लागिएको हो । 
तर यसबारे प्रधानमन्त्री केपीशर्मा ओली सकारात्मक नभएका कारण केही दिनअघिको मन्त्रीपरिषदमा झा नियुक्तीको निर्णय हुन नसकेको हो ।

ओली सरकारले देउवा सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ती खारेजीको निर्णयले झाको पद समेत धरापमा परेको थियो ।

ओली सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालत गएका झाले अल्पकालीन आदेश जारी भइसकेको अवस्थामा रिट निवेदन फिर्ता लिएका थिए । अन्तरिम छलफलअघि उनले रिट फिर्ताको निवेदन दिएका थिए ।

झाले सरकारलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन रिट निवेदन फिर्ता लिएको बताएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।