logo

स्काइपी थप फिचर्सको साथ नयाँ भर्सनमा सार्वजनिक

    1755   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-
जुन महिनाको सुरुमा माइक्रोसफ्टले स्काइपीको नयाँ भर्सन ल्याउने घोषणा गरेको थियो । आफ्नो उक्त घोषणालाई पूरा गर्दै अन्ततः माइक्रोसफ्टले एन्ड्रोइडमा स्काइपीको नयाँ भर्सन ८.० पेश गरेको छ ।

स्काइपी ८.० एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो अपडेट सुरुमा एन्ड्रोइड स्मार्टफोनमा मात्रै उपलब्ध छ । केही पछि आइओएस, विन्डोज तथा म्याकमा समेत स्काइपको नयाँ भर्सन लञ्च गर्ने माइक्रोसफ्टको तयारी छ ।

स्काइपीको नयाँ भर्सन हेर्दा माइक्रोसफ्टले ह्वाट्सएप, इन्स्टाग्राम तथा स्न्यापच्याटलाई टक्कर दिनका लागि निकै मेहेनत गरेको देखिन्छ ।

नयाँ अपडेटमा स्काइपी एपमा तिनवटा ट्याब देखा पर्दछन् । यसमा ‘च्याट्स’, ‘क्याप्चर’ तथा ‘फाइन्ड’ ट्याब रहेका छन् । स्काइपीको ग्रुप च्याटलाई रि डिजाइन गरी पहिले भन्दा धेरै एक्सप्रेसिभ बनाएको छ । अब स्काइपीको ब्याकग्राउण्डलाई आफ्नो मनपर्ने रङमा बदल्न सकिनेछ ।

स्काइपीको पछिल्लो भर्सनको सहायताले आफ्ना खास पलहरु एकसाथ शेयर गर्नका लागि अनगिन्ती अप्सनहरु हुनेछ् । साथै च्याटका हरेक मेसेजमा रिएक्ट पनि गर्न सकिन्छ । यतिमात्र होइन, यो नयाँ अपडेटसँगै अब भिडियो कलिङका दौरान पनि रिएक्ट गर्न र एपको च्याट ट्याबबाट यी सबै गर्न सकिनेछ ।

स्काइपीमा यो सँगै एउटा नयाँ हाइलाइट ट्याब पनि जोडिएको छ । हाइलाइट ट्याबको माध्यमबाट फोटो तथा भिडियोबाट हाइलाइट रिल बनाएर त्यसलाई कन्ट्याक्ट लिस्टमा भएको मानिसहरुसँग शेयर गर्न सकिनेछ ।

साथै स्काइपीमा नयाँ फिचर ‘फाइन्ड’ पनि थप भएको छ । यसको सहयोगले वेबको कुनैपनि सामाग्रीलाई खोज्न सकिनेछ । जसमा जिआइएफ लगायतका चिजहरु खोजेर च्याटमा अट्याच गर्न पनि सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।