logo

मानव बेचबिखन नियन्त्रणका लागि ‘खोजी’ एप्सको सुरुवात

    1902   पटक पढिएको


९ पुष / अर्थ र व्यापार - काठमाडौं। बढ्दो बालबलिका तथा चेलिवेटी बेचबिखन न्यूनिकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ ।
शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । वर्षेनी ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ । कोइरालाले शुक्रबार खोजी एप्सबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा माइती नेपालका देशभरिका १४ स्थानमा रहेको ट्रान्जिट होमबाट एप्स कार्यन्वयनमा ल्याइसकेको बताइन् ।
‘जोखिममा परेका चेलिबेटी तथा बालबालिकाहरूको खोजी तथा उद्धार कार्य गर्न र जोखिममा पर्न नदिने एप्स कार्यान्वयनमा ल्याएका छौं,’ अध्यक्ष कोइरालाले भनिन्ाँ् ‘समयको परिवर्तन साथै हामीले प्रविधिको प्रयोगबाट खोज एप्सको सहायताले बेचबिखनमा पर्नेलाई रोक्न सहयोग मिल्छ,’ उनले थपिन् , ‘अब पुलिस अगाडि र चोर पछाडि हिँड्छ ।’
माइती नेपालको केन्द्रिय कार्यालयमा एउटा एप्स जडान गरिने र बाँकी नेपालका विभिन्न नाकामा रहेको १४ वटा ट्रान्जिट होमका ३० सीमा निगरानीकर्तालाई एन्ड्रोइड मोबाइलको सहयोगमा खोजी एप्स डाउनलोड गरिने छ ।
‘चेलिबेटी तथा बालबालिका हराएपछि परिवारका सदस्यहरुले माइती नेपालमा फोटोसहितको निवेदन दिएका हुन्छन् । त्यही आधारमा माइती नेपालले आफ्नो सर्वरको डाटाबेसमा गोप्य सूचनाहरू सुरक्षित राख्छ,’ माइती नेपालका निर्देशक विश्वराम खड्काले नागरिकसँग भने, ‘नाकामा तैनाथ निगरानीकर्ताहरूसँग स्मार्ट मोवाइलमा भएको खोजी एप्सले सिमा काट्ने, वेवारिसे, अलपत्र तथा शंकास्पद अवस्थामा रहेकाको फोटो खिच्नसाथ केन्द्रको डाटाबेसमा अपलोड हुन्छ । निगरानीकर्ताले दिएको सूचना हाम्रो डाटाबेसमा रहेको सूचनासँग मेल  खाए÷नखाएको पत्ता लगाइ हराएको व्यक्ति पत्ता लगाउन र चोर समात्ने काममा यसले सघाउ पु¥याउँछ ।’
अमेरिकी आइटी कम्पनीका सदस्य समीर पन्थीले अमेरिकामा उनको कम्पनीले रेप किट बनाएर प्रयोगमा ल्याउँदा सकरात्मक उपलब्धी मिलेको बताउँदै उनले आपूm नेपाली भएको नाताले यहाँ वृद्धि भइरहेको चेलिवेटी बेचबिखन र बाबालिका बेचबिखनलाई न्यूनीकरण गर्न एप्स बनाएको बताए । अमेरिकाको ‘नाउ इट’ र भारतको ‘फेस टागर’ आइटी कम्पनीको सहयोगमा सो अप्स बनाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।