logo

नेपाल टेलिकमले आगामी १० महिनामा मुलुकभर फोरजी सेवा विस्तार गर्ने

    1537   पटक पढिएको

६ बैशाख /अर्थ र व्यापार - आगामी १० महिनामा नेपाल टेलिकमले मुलुकभर फोरजी सेवा विस्तार गर्ने भएको छ । फोरजी सेवा विस्तारका लागि कम्पनीले टेण्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिकसकेको जनाएको छ । 

फोरजी एलटिइ (लङ टर्म इभोलुसन) सेवा एक बर्षभित्र संचालनमा ल्याउनु कम्पनीको लागि चुनौतीको विषय रहेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । टेलिकमले बिहीबार पत्रकार सम्मेलन गर्दै कोर नेटवर्कको लागि चिनीयाँ कम्पनी जेडटिइ कर्पोरेशनसँग सम्झौता भएको बताइन् । फोरजी एलटिइ संचालनकको लागि दुईवटा नेटवर्क बनाइएको टेलिकमले जनाएको छ । फोरजी एलटिइ आयोजनामार्फत मुलुकभर ६५ लाख जनाको पहुँचमा सजिलै पुग्ने टेलिकमले जनाएको छ । हाल अधिकतम डाटा स्पिड ३२ एमबिपिएस रहेकोमा टेलिकमले नयाँ परियोजनामार्फत क्षमता विस्तार गरी एक सय ३० एमबिपिएसको स्पिड दिन सक्ने छ । 

फोरजी एलटिइ नयाँ सम्झौता अनुसार काठमाडौं, पोखरा, नेपालगञ्ज र विराटनगरमा परिक्षण गर्ने योजना रहेको छ । फोरजी एलटिइको नयाँ आयोजनामा ६० प्रतिशत लागत उपकरणमा रहेको छ भने ४० प्रतिशत लागत उपकरण ढुवानी र जडानमा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।