logo

नेपाल टेलिकमको खुद नाफा १५ अर्ब ४२ करोड

    1423   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – नेपाल टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको छ । नेपालको सेयर बजारमा सूचिकृत कम्पनी मध्ये यति धेरै नाफा कमाउने कम्पनी नेपाल टेलिकम मात्र हो । कम्पनीको नाफा चुक्ता पूँजी भन्दा ४२ करोड रुपैयाँ बढी हो । 

टेलिकमले अघिल्लो आर्थिक बर्षमा ११ अर्ब २० करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षमा टेलिकमले १६ अर्ब २९ करोड रुपैयाँ नाफा र्पुयाउने लक्ष्य लिएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा नाफा र कारोबार दुबै बढ्दै गएको जानकारी प्राप्त भयो ।

गत आवमा टेलिकमले कुल ४४ अर्ब ६८ करोड रुपैयाँ कारोबार गरेको र चालु आर्थिक वर्षमा कम्पनीले साढे ४९ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमको चुक्ता पूँजी १५ अर्ब रहेको छ । जसको सेयर मूल्य ६७० रुपैयाँ हाराहारी रहेको छ ।

टेलिकमले फोरजी सेवा विस्तारका लागि काम गरिरहेको तथा अन्य थप सेवा विस्तार गर्ने काम भइरहेकाले कारोबारको आकार बढ्ने छ । रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा रहेको टेलिकमले त्यसो भएमा झनै धेरै गुणात्मक फड्को मार्नसक्छ । टेलिकममा ९२ प्रतिशत सरकार र बाँकी ८ प्रतिशत सर्वसाधारणको लगानी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।