logo

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि पनि अन्तराष्ट्रिय रोमिङ कल सेवा सुरु गरिने

    1532   पटक पढिएको

२२ माघ/ अर्थ र व्यापार - नेपाल टेलिकमले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा प्रिपेड ग्राहकका लागि पनि अन्तराष्ट्रिय रोमिङ कल सेवा सुरु गर्ने भएको छ । अहिले पोस्टपेड ग्राहकका लागि मात्रै दिइएको यस्तो सुविधा अब प्रिपेडमा पनि सुरु गरिने टेलिकमले जनाएको छ । 

टेलिकमले पहिलो चरणमा प्रिपेड ग्राहकका लागि भारत र चीनमा यो सेवा उपल्बध गराउने तयारी गरेको छ । आफ्नो १५ औँ वार्षिकोत्सव कार्यक्रममा कम्पनीले यो जानकारी दिएको हो ।

कम्पनीले पोस्टपेड ग्राहकले यो सुविधा लिँदा लाग्ने धरौटी पनि घटाइसकेको छ । यसअघि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा यही जनवरी १ देखि १० हजारमा झारिएको थियो । 

यसैगरी टेलिकमले एक वर्षदेखि निरन्तर एसिएसलमार्फत इन्टरनेट चलाइरहेका ग्राहकलाई अप्टिकल फाइबरमा माइग्रेट हुँदा लाग्ने शुल्कमा सहुलियत दिने पनि जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।