logo

बार्षिकोत्सबको अवसरमा नेपाल टेलिकमको अफरहरु सार्वजनिक, एमपिओएसबाट रिचार्ज गर्दा ५ प्रतिशत बोनस  

    2083   पटक पढिएको

२२ माघ/ अर्थ र व्यापार - नेपाल टेलिकमले आफ्नो १५औं बार्षिकोत्सबको अवसरका विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । मोवाइल पोइन्ट अफ सेल्स अर्थात एमपिओएसबाट टेलिकमका सेवाहरुमा रिचार्ज तथा भुक्तानी गरेमा ग्राहकहरुले पाँच प्रतिशत बोनस पाउने भएका छन् । टेलिकमले रिचार्ज तथा भुक्तानी सहज बनाउनका लागि एमपिओएस सिम वितरण गर्दै आएको छ । मोवाइल, ल्याण्डलाइन, इन्टरनेट, सिडिएमए फोन लगायतका टेलिकमका विभिन्न सेवाहरुमा भुक्तानी सहज बनाउने उदेश्यले टेलिकमले विभिन्न फर्म तथा पसलहरुलाई एमपिओएस सिम वितरण गर्दै आएको छ । एमपिओएस सिमलाई कहिकतै मास्टर सिम भनेर पनि चिनिन्छ । बैंक तथा अनलाइन भुक्तानी गर्न मिल्ने विभिन्न माध्यमहरुको विकाससँगै एमपिओएस सुविधाको प्रयोगमा कमि आएपछि टेलिकमले यसलाई प्रोत्साहन गर्नका लागि बोनस योजना ल्याएको हो । यो योजना ६ महिनासम्म कायम रहने टेलिकमले जनाएको छ ।

यसैगरि टेलिकमले आजैदेखि फागुन २२ गतेसम्म नेपाल टेलिकमको एप डाउनलोड तथा रजिष्टेशनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउने जनाएको छ । यही अवसरमा जिएसएम पोष्टपेड ग्राहकलाई ९०० को प्याकेजमा प्रतिमहिना २ जिबी डाटा र ५०० को निशुल्क बोनस दिँदै आएकोमा अब प्रति महिना अल टाईम डाटा ३.३ जिबी र ५०० को निशुल्क रिसोर्स उपलब्ध गराउने जनाएको छ ।

भोलिदेखि फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ जिएसएम पोष्टपेट मोबाइलका ग्राहकलाई तीन महिनासम्म प्रति महिना अल टाईम डाटा १ जिबी र १०० मिनेट अल टाइम भ्वाईस बोनस उपलब्ध गराउने जनाएको छ । टेलिकमका अनुसार टुरिष्ट प्याकेज अन्तर्गत ५०० मा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस ५० एसएमएस तथा १०० रुपैयाँको अन्तराष्ट्रय कमल समेत गर्न सकिने अवसर रहेको छ । यसैगरी १००० मा १० जिबी डाटा र टेलिकमको नेटवर्कमा १० मिनेट भ्वाईस र १०० एसएमएस तथा २०० को अन्तराष्ट्रिय कल समेत गर्न सकिने अफर रहेको छ ।
टेलिकमले आजदेखि ९० दिनका लागि दैनिक, साप्ताहिक र मासिक चाईना कल प्याकेज अन्तर्गत क्रमशः ३० रुपैयाँमा १० मिनेट, १५० मा ४५ मिनेट र पाँच सय रुपैयाँमा १६५ मिनेट उपलब्ध गराउने जनाएको छ ।

टेलिकमले वार्षिकोत्सवको अवसरमा २०७४ असार मसान्तसम्म बक्यौता तिर्न बाँकी रहेका सर्वसाधारणले आगामी असार मसान्तसम्म तिरेमा सबै जरिवाना मिनाहा गर्ने जनाएको छ । एफटिटिएच माईग्रेसन योजना अन्तर्गत एक वर्षदेखि नियमीत एडिएसएल सेवा लिएका ग्राहक तथा ३ महिनाको उक्त प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सिपीई निशुल्क उपलब्ध गराउने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
उनले नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुबाट प्रयोग भइरहेको जिएसएम र सिडीएमए मोबाईलमा ५०, २०० र ३०० रुपैयाँको अलटाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस र २०० को अल टाइम भ्वाईस म्याकेज खरिदमा ५० प्रतिशत बोनस दिने जनाए । यो योजना ९० दिनका लागि लागु हुने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।