logo

नेपाल टेलिकमद्वारा माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा

    1618   पटक पढिएको


मंसिर १२ / अर्थ र व्यापार - काठमाडौं–नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको टेलिकमकी  प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । 

हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी  जिल्लाका विभिन्न स्थानमा बिटिएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको उनले बताइन् ।  पुरानो प्रविधिमा भ्वाइस सेवा मात्र उपलब्ध भइरहेकोमा अब नयाँ प्रविधिमार्फत मोबाइलमा भ्वाइस र डाटा दुवै सेवा उपलब्ध गराउन सकिने टेलिकमको भनाई छ । 

सोलुखुम्बुको गुदेल, ताप्लेजुङको लेलेप, ओखलढुङ्गाको निसंखे र उदयपुरको खसिबासमा माइक्रोवेभ प्रविधिमार्फत सेवा सञ्चालन गरिएको हो । त्यसैगरी सोलुखुम्बूको खरीखोला, जुनीबेसी र छेसक्याममा पहिले भिस्याटमार्फत सेवा सञ्चालन भइरहेकोमा हाल माइक्रोवेभमार्फत नयाँ प्रविधिमा जिएसएम सेवा सञ्चालन गरिएको जनाइएको छ ।
          
झापाको भद्रपुर १, दमक नगरपालिका, लखनपुर र मेचीनगरस मोरङको बेलवारी १, २ र ३स मोरङकै दुलारी, सुन्दरपुर तथा उर्लाबारी ४ र ५स सप्तरीको अर्नाहा १ र इनर्वा फुलबारिया १स सुनसरीको हासपोसा, इनरुवा नगरपालिका, इटहरी र महेन्द्रनगर तथा उदयपुरको सिद्धिपुर १ र त्रियुगा ५ मा हालै माइक्रोवेभ मार्फत नयाँ प्रविधिमा जिएसएम सेवा सञ्चालनमा ल्याइएको पनि टेलिकमले जनाएको छ । अब ती स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटामार्फत विभिन्न वेबसाइट चलाउन तथा देश विदेशमा भएका आफन्तहरुसँग भिडियो कल समेत गर्न सकिने टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।