logo

नेपाल दुरसंचार कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई प्रतिशतले नाफा घट्यो

    1446   पटक पढिएको

 

 

१ मंसिर / अर्थ र व्यापार - काठमाडौं। नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी) को चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई प्रतिशतले नाफा घटेको छ । कम्पनीले गत असोज मसान्तमा चार अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको हो । २०७३ असोजमा कम्पनीद्ये चार अर्ब १४ करोड रुपैयाँ कमाएको थियो । 

 

विदेशी मुद्रा घाटाको कारण टेलिकमको नाफा खुम्चिएको हो । आर्थिक बर्षको पहिलो तीन महिनामा कम्पनीले विदेशी मुद्राको विनियम दर उतार चढावका कारण १४ करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत बर्ष विदेशी मुद्राको विनिमय दरका कारण कम्पनीले दुई करोड ३१ लाख रुपैयाँ फाइदा गरेको थियो । टेलिकमले सेवा वेचेर तीन महिनामा १० अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी १० अर्ब ४१ करोड रुपैयाँ थियो । त्यस्तै कम्पनीको तीन महिनामा अन्य आम्दानी एक अर्ब २४ करोड रुपैयाँ पुगेको छ । २०७३ असोजमा यस्तो आम्दानी ९५ करोड २७ लाख रुपैयाँ थियो ।  

 कम्पनीको पहिलो तीन महिनामा कर्मचारी खर्च १६ करोड रुपैयाँले बढेर एक अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ८१ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १०८ रुपैयाँ छ ।      

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।