logo

नेपाल दुरसंचार कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई प्रतिशतले नाफा घट्यो

    1743   पटक पढिएको

 

 

१ मंसिर / अर्थ र व्यापार - काठमाडौं। नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी) को चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई प्रतिशतले नाफा घटेको छ । कम्पनीले गत असोज मसान्तमा चार अर्ब पाँच करोड रुपैयाँ नाफा आर्जन गरेको हो । २०७३ असोजमा कम्पनीद्ये चार अर्ब १४ करोड रुपैयाँ कमाएको थियो । 

 

विदेशी मुद्रा घाटाको कारण टेलिकमको नाफा खुम्चिएको हो । आर्थिक बर्षको पहिलो तीन महिनामा कम्पनीले विदेशी मुद्राको विनियम दर उतार चढावका कारण १४ करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत बर्ष विदेशी मुद्राको विनिमय दरका कारण कम्पनीले दुई करोड ३१ लाख रुपैयाँ फाइदा गरेको थियो । टेलिकमले सेवा वेचेर तीन महिनामा १० अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी १० अर्ब ४१ करोड रुपैयाँ थियो । त्यस्तै कम्पनीको तीन महिनामा अन्य आम्दानी एक अर्ब २४ करोड रुपैयाँ पुगेको छ । २०७३ असोजमा यस्तो आम्दानी ९५ करोड २७ लाख रुपैयाँ थियो ।  

 कम्पनीको पहिलो तीन महिनामा कर्मचारी खर्च १६ करोड रुपैयाँले बढेर एक अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ८१ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १०८ रुपैयाँ छ ।      

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।