logo

फागुनमा अन्तर्रा्ष्ट्रिय व्यापार मेला हुदैँ

    1421   पटक पढिएको


१० माघ / अर्थ र व्यापार - काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिदै आएको ‘नेपाल अन्तर्रा्ष्ट्रिय व्यापार मेला’ यस वर्ष फागुन २४ देखि २८ गतेसम्म राजधानीमा हुने भएको छ । काठमाडौं स्थित भृकुटीमण्डपमा आयोजना हुने उक्त सातौ व्यापार मेलाको लागि मंगलबार बाट स्टल बुकिङ खुल्ला गरिएको जनाइएको छ । नेपालमा अन्तर्रा्ष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न तथा स्वदेशी उत्पादनको अन्तर्रा्ष्ट्रिय बजार प्रवद्र्धन गरी समग्र मुलुकको अर्थतन्त्रलाई उकास्न सघाउ पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको हो ।

मेला  आयोजना गर्न वाणिज्य मन्त्रालयले सहयोग गर्ने भएको छ भने, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रवद्र्धन गर्ने भएको छ । अयोजकको अनुसार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको ३ सयभन्दा बढी स्टल रहनेछ । मुलुकबाहिर सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ ।

मेलामा मुख्य आकर्षण हस्तकलाका उत्पादनहरू, एनटीआइएसका प्रोडक्टहरू रहनेछन् । मेलाका अवसरमा अन्तर्रा्ष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रियाको व्यवस्था गरिने  जनाइएको छ। हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी स्टलहरु राखिने छ ।

त्यस्तै शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन लगायतका पनि छुट्टाछुट्टै स्टलहरू रहने अयोजकले जानकारी दिएको छ । 
विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल हुने सो मेलाको स्वदेशी र विदेशी गरी करिव २ लाख ग्राहक तथा अवलोकनकर्ताहरूले अवलोकन गर्ने आयोजकले अपेक्ष राखेको छ । आयोजकका अनुसार गएको वर्ष भएको छैटौ मेलामा एकलाखभन्दाबढी स्वदेशी एढवं विदेशी अवलोकनकर्ताहरुले मेलाको अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।