logo

एनसेलको दसैं, तिहार उपहार योजना 

    2301   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार– एनसेलले दसैं, तिहार र छठलाई लक्षित गर्दै भ्वाइस सेवाका ग्राहकका लागि ‘कुरै कुरामा उपहार’ योजना ल्याएको छ ।

कम्पनीका अनुसार प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरेर आकर्षक दैनिक, साप्ताहिक र बम्पर उपहार दिने जनाएको छ ।

आइतबारदेखि लागु भएको यो योजना मंसिर १३ गतेसम्म कायम रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । 

१७१०७ मा डायल गरी योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउने छन् ।

तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउने र उपहार जित्न योग्य हुने कम्पनीले जनाएको छ ।

उपहारमा हरेक दिन ७०० जना ग्राहकलाई दुई सय रुपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० पाउनेछन् ।  

कम्पनीका अनुसार यसरी प्राप्तहुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्रकल, एसएमएस गर्न तथा डेटा चलाउनप्रयोग सक्नेछन् ।

साप्ताहिक उपहारमा साता भरी धेरै कुरा गर्ने ग्राहकहरु मध्ये सातै प्रदेशका १र१ जना गरी ७ जना ग्राहकले सामसुङ ग्यालेक्सी एम ०१ एस ह्याण्डसेट उपहार पाउनछन् । 

योजना अवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी नोट २० पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोरोना महामारीले आफन्तलाई टाढा राखेको बताउँदै त्यही अवस्थालाई मध्यनजर गरेर आकर्षक पुरस्कार योजना ल्याएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।