logo

उपत्यकामा एनसेलले फोरजी सेवा सुरु गर्याे

    2010   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सञ्चालनमा ल्याएको छ । एनसेलले बिहीबारदेखि काठमाडौं उपत्यकाबाट फोरजी सेवा सञ्चालनमा ल्याउने छ । काठमाडौं उपत्यका सहित नगरकोट, बनेपा र धुलिखेलमा पनि एनसेलले फोरजी सेवा सुचारु गर्नेछ ।
 फोरजी चल्ने मोबाइल भएका तथा फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका सबै एनसेलका ग्राहकले उक्त सेवा लिन सक्नेछन्। एक्जियटा कम्पनी आउनुभन्दा पहिलाको सिमलाई यु–सिम बनाएपछि फोरजी सेवा चल्ने छ । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएर उच्चस्तरको डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्न तर्फ लागेको हो ।
एनसेलले आगामी सात महिनाभित्रमा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी र्पुयाउने लक्ष्य लिएको छ जसको लागि कम्पनीले देशका विभिन्न ४० सहरमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको छ । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले आफूले प्रयोग गरिरहेको सिमलाई एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सकिने छ भने नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्नेछन्।
नयाँ प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याएको अवसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई तीन दिन समयावधि रहेको एक जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्नेछ। साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योन्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन्। यसबाहेक कम्पनीले चाँडै डिभाइस सर्भिस बन्डलिङमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजना ल्याउनेछ।
ब्रोडब्यान्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँ विकास समितिमा ब्रोडब्यान्ड सेवा र्पुयाउने लक्ष्य लिएको छ । हाल एनसेलले एक करोड ५० लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय मोबाइल सेवा र ६० लाखभन्दा बढी ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको छ। एनसेलले सन् २०१० देखि नै फोरजीरएलटिई सञ्चालनका लागि फ्रिक्वेन्सी प्रदान गर्न अनुरोध गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।