logo

मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

    1541   पटक पढिएको

 


  २४  मंसिर / अर्थ र व्यापार - मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषणा गरिएको छ । 
मोबाइल रिचार्जका खोल र सुर्ती एवं गुट्खाका खोल ल्याउनेलाई १५० रुपैयाँ पुरस्कार दिइएको चक्रपथ सफाइ अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । चक्रपथ सफाइको ३७ औँ हप्तामा शनिबार ग्रिनसिटी अस्पताल–वसुन्धरा चोक हुँदै पुनः ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी पाँच टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा १०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको अभियन्ता टण्डनले बताए ।
उपत्यकामा शनिबार नदी र चक्रपथ सफाइ गरी ३९ टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २३९ औँ हप्तामा शनिबार बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारमा सफाइ गरी आठ टन फोहर व्यवस्थापन गरियो । 
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, मुक्तिनाथ विकास बैंक, हाम्रो पाइला, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी नारायण श्रेष्ठले जानकारी दिए ।
सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, अभियन्ता डा. राजु अधिकारी, टंक आचार्य, राजकुमार भट्टराईलगायत अभियन्ताको सक्रियता थियो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०० औँ हप्तामा हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइ २०० हप्तामा प्रवेश गरेको अवसरमा बगैँचा गोडमेल र सफाइका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए ।
रुद्रमती सफाइको १९६ औँ हप्तामा बत्तीसपुतली राममन्दिर क्षेत्रमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । सफाइबाट एक टन फोहर व्यवस्थापन भयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 
विष्णुमती सफाइको १६७ औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ११ स्थित तारकेश्वर गुम्बामा सफाइ गरी चार टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० जना भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।
यसैगरी मीनभवन आलोकनगर सफाइको ३७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताए । सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो ।
२०७० साल जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।