logo

मोबाइल बैंकिङबाट कारोबार गर्दा मासिक ५० हजार रुपैयाँभन्दा बढि कारोबार गर्न नपाइने 

    1545   पटक पढिएको

 

 

 

१४ मंसिर / अर्थ र व्यापार - काठमाडौं । राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने प्रस्ताव गरेको हो । त्यस्तै, इन्टरनेट बैंकिङबाट दैनिक अधिकत्तम १ लाख र मासिक ५ लाख रुपैयाँसम्मको मात्र कारोबार गर्न पाइने र यही माध्यमबाट ट्रान्सफर गर्दा दैनिक १ लाख र मासिक १० लाख रुपैयाँको सीमा प्रस्ताव गरेको हो । डेबिट कार्डबाट नगद कारोवार गर्दा न्यूनतम पाँच सयदेखि अधिकतम पच्चीस हजारसम्म झिक्न पाइने प्रस्ताव पनि राष्ट्र बैंकले गरेको छ । यस्तो कारोवार प्रति दिन चार पटकसम्म र अधिकतम एक लाखसम्म कारोवार गर्न पाइने मस्यौदामा उल्लेख छ ।

एजेन्ट वा सब एजेन्टमार्फत इ वालेट, मोबाइल वालेट वा डिजिटल वालेटमा नगद जम्मा गर्दा एक पटकमा अधिकतम पाँच हजार सम्म गर्न सकिने प्रस्ताव गरिएको हो । मस्यौदा अनुसार प्रति दिन अधिकतम पन्ध्र हजार र मासिक अधिकतम पच्चिस हजारसम्म रकम जम्मा गर्न सकिने छ । यिनीहरुमार्फत भुक्तानी गर्दा भने एक पटकमा अधिकतम पांँच हजार, प्रति दिन पन्ध्र हजार र मासिक अधिकतम पच्चीस हजारभन्दा बढीको भुक्तानी कारोवार गर्न पाइने छैन । कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरु वालेट मार्फत भुक्तानी गर्न सकिने छ ।

कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था (विद्यालय र कलेज) स्वास्थ्य संस्था, यातायात सेवा, होटल तथा रेष्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरुको आवधिक रुपमा भुक्तानी गर्नुपर्ने शुल्कहरुको बील बमोजिमको रकम पनि वालेटबाट भुक्तानी गर्न सकिने छ । तर, यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्नेछ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।