logo

मेलम्चीको पानी कहिले आउछ भन्दै सांसदको प्रश्न 

    1936   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार-  सांसदहरुले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ भनी प्रश्न गरेका छन् । आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले दशैंअघि आउँछ भनेको मेलम्चीको पानी कहिले आउँछ भनी प्रश्न गरेका हुन् ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले २ महिनामा आयोजनाको काम सकिने बताएका थिए । तर सांसदहरुले दुई महिनामा मेलम्चीको पानी आउने आधार नभएको भन्दै आलोचना गरेका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको दुई महिनामा पानी आउँछ भन्न सकिने अवस्था नरहेको बताए । आउँदो मार्चसम्म पानी आउँछ भन्ने आधार के हो भन्ने प्रश्न गरे । आइतबारको छलफलमा मन्त्री विना मगरलाई बोलाए पनि उनी उपस्थित थिइनन् । मन्त्री नआएकोमा पूर्वप्रधानमन्त्री खनालले आपत्ति जनाए । 

सांसदहरुले पानी आउने सही समय कहिले हो स्पष्ट पार्न आग्रहसमेत गरे । खानेपानीमन्त्री विना मगरले दशैंको उपहार मेलम्चीको पानी भने पनि नआएको भन्दै अब कहिले आउँछ किटान गर्न आग्रह गरे ।

सांसद रामबहादुर विष्टले दशैं अघि आउछ भनिए पनि नआएको भन्दै अबको २ महिनामा आउँछ भन्नेमा पत्यार नभएको बताए । बैठकमा उपस्थित खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सांसद विष्टले दुई महिनामा पानी आउने आधार पेश गर्न आग्रह गरे । बैठकमा सचिव ठाकुरले आफूले प्रस्तुति नदिएर खानेपानी संस्थानका महाप्रबन्धकलाई दिन लगाएकोमा पनि सांसदहरुले आपत्ति जनाए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।