logo

मेलम्चीको पानी कहिले आउछ भन्दै सांसदको प्रश्न 

    1643   पटक पढिएको

१६ मंसिर / अर्थ र व्यापार-  सांसदहरुले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ भनी प्रश्न गरेका छन् । आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले दशैंअघि आउँछ भनेको मेलम्चीको पानी कहिले आउँछ भनी प्रश्न गरेका हुन् ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले २ महिनामा आयोजनाको काम सकिने बताएका थिए । तर सांसदहरुले दुई महिनामा मेलम्चीको पानी आउने आधार नभएको भन्दै आलोचना गरेका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको दुई महिनामा पानी आउँछ भन्न सकिने अवस्था नरहेको बताए । आउँदो मार्चसम्म पानी आउँछ भन्ने आधार के हो भन्ने प्रश्न गरे । आइतबारको छलफलमा मन्त्री विना मगरलाई बोलाए पनि उनी उपस्थित थिइनन् । मन्त्री नआएकोमा पूर्वप्रधानमन्त्री खनालले आपत्ति जनाए । 

सांसदहरुले पानी आउने सही समय कहिले हो स्पष्ट पार्न आग्रहसमेत गरे । खानेपानीमन्त्री विना मगरले दशैंको उपहार मेलम्चीको पानी भने पनि नआएको भन्दै अब कहिले आउँछ किटान गर्न आग्रह गरे ।

सांसद रामबहादुर विष्टले दशैं अघि आउछ भनिए पनि नआएको भन्दै अबको २ महिनामा आउँछ भन्नेमा पत्यार नभएको बताए । बैठकमा उपस्थित खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सांसद विष्टले दुई महिनामा पानी आउने आधार पेश गर्न आग्रह गरे । बैठकमा सचिव ठाकुरले आफूले प्रस्तुति नदिएर खानेपानी संस्थानका महाप्रबन्धकलाई दिन लगाएकोमा पनि सांसदहरुले आपत्ति जनाए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।