logo

अब इन्स्टाग्राममा लाइक्स संख्या नदेखिने

    2326   पटक पढिएको

२६ कार्तिक / अर्थ र व्यापार - आफूले इन्स्टाग्राममा अपलोड गरेका फोटोहरुमा प्राप्त हुने लाइक्स गनेर मख्ख पर्नुहुन्छ ? त्यसो हो भने एउटा अप्रिय खबर छ ।

लोकप्रिय फोटो शेयर एप इन्स्टाग्रामले लाइकको संख्या नदेखाउने फिचर यही हप्ताबाट सुरुवात गर्दैछ । सुरुमा अमेरिकी प्रयोगकर्ताहरुमाझ इन्स्टाग्रामले ‘हाइड लाइक काउन्ट्स’ फिचर परीक्षण गर्न लागेको हो ।

फेसबुक स्वामित्वको सोसल प्लाटफर्म इन्स्टाग्रामका सीईओ एडम् मोसरीले शुक्रबार अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित एक समारोहमा यसको खुलासा गरेका हुन् ।

प्रयोगकर्तामा लाइक्स प्राप्त गर्ने होडबाजी तथा दबावलाई घटाउन तथा आफ्ना पोष्टमा आउने प्रतिक्रियालाई लिएर चिन्तित रहने प्रयोगकर्तालाई लक्षित गरी लाइक्सको संख्या नदेखाउने फिचर सुरु गरिने इन्स्टाग्रामले बताउँदै आएको थियो ।
सीईओ मोसरीले गत अप्रिलमा एक कार्यक्रममा भनेका थिए, ‘आफ्नो इन्स्टाग्राम पोष्टमा कति लाइक्स आए भन्ने बारेमा मानिसहरुलाई धेरै चिन्ता नहोस् भन्ने हामी चाहन्छौँ ।’ लाइक्समा अल्झिन छाडेर मानिसहरूले आफूले सरोकार राख्ने मानिसहरूसँग भेटघाट तथा सम्बन्ध विकासमा धेरै समय खर्चिनुपर्ने उनको भनाइ छ ।

इन्स्टाग्रामले यसअघि क्यानडा, आयरल्याण्ड, इटाली, जापान, ब्राजिल, अस्ट्रेलिया तथा न्युजिल्याण्डमा पनि लाइकको संख्या लुकाउने फिचरको परीक्षण गरिसकेको छ । फेसबुक स्वयंले पनि अस्ट्रेलियामा यस्तो परीक्षण गरिरहेको छ ।

इन्स्टाग्रामका प्रवक्ताका अनुसार, मानिसहरूले इन्स्टाग्राममा कुनै पोष्ट गर्दाको समयमा दबाव महसुस गर्दछन् । आफ्नो पोष्टमा प्राप्त हुने लाइक्सको संख्यालाई आफ्ना साथीभाइ, परिवारका अन्य सदस्य तथा विभिन्न सेलिब्रेटीहरूसँग तुलना गर्दछन् । यस्तो तुलनामा व्यक्तिलाई नमीठो अनुभूति दिलाउँदछ ।

एक अध्ययन अनुसार, सोसल मिडिया पोष्टमा प्राप्त हुने लाइक्स प्रयोगकर्ताका लागि ड्रग्सजस्तै बन्दै गएको छ । लाइक्सप्रतिको बढ्दो चाहनाले सोसल मिडिया प्रयोगकर्तामा विभिन्न खाले समस्या पनि पैदा हुने गरेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।