logo

काठमाडौंमा क्यान इन्फोटेक मेला माघ ११ देखि

    1643   पटक पढिएको

 


७ माघ / अर्थ र व्यापार - काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंमा माघ ११ देखि सुविसु क्यान इन्फोटेक–२०१८ हुने भएको छ ।

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
मुख्य प्रदर्शन कक्षमा ४९ वटा ठूला र हल बाहिर पाँचवटा ब्राण्डिङ प्रदर्शनी कक्ष, ओपन स्पेश १४ तथा फुड कक्ष १० तथा अन्य गरी कूल २२२ कक्ष रहने जानकारी दिइयो ।  मेलामा सनराइज बैंकले टिकट लिई प्रवेश गर्ने दर्शक तथा क्रेतालाई ४०० प्रतिशतसम्म क्यास ब्याक अफर प्रदान गर्ने भएको छ । सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

महासंघका महासचिव रञ्जीतकुमार पोदारले मेलाका लागि छुट्टै प्याभिलियन कक्ष राखेको, सफ्टवेर प्याभिलियनका लागि ४४ वटा कक्षलाई विशेष सहुलियतमा उपलब्ध गराइएको बताए । 
सुविसुका अध्यक्ष सुधीर पराजुलीले आगामी दिनमा देशका सातवटा प्रदेशमध्ये चारवटा प्रदेशमा यस्ता मेला आयोजना गरिने जानकारी पनि दिए । उनले सूचना र सञ्चार प्रविधिलाई पूर्वाधारका रुपमा विकास गर्न अन्य मुलुकसंग अनुभव साटासाट गर्नुपर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।