logo

चार पाङ्ग्रे सवारी साधनका लागि अनिवार्य इम्बोस्ड नम्बर

    2672   पटक पढिएको


२९ मङ्सिर / अर्थ र व्यापार - आगामी चैत्र मसान्तसम्म प्रदेश नं. ३ अर्थात साविकको बागमती अञ्चलमा दर्ता भएका चार पाङ्ग्रे सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी तोकिएको समयभित्र अनिवार्य रूपमा उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेट जडान गर्न आह्वान गरेको हो ।  
विभागका अनुसार सरकारी र संस्थानका सबै चारपाङ्ग्रे सवारीसाधनले चैत्र मसान्तसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ ।  त्यस्तै निजी चारपाङ्ग्रे सवारीसाधनतर्फ लट नम्बर १ देखि १२ सम्मले अनिवार्य रूपमा चैत्र मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नु पर्नेछ ।  साथै सो अवधिमा ऐच्छिक रूपमा लट नं. १२ देखि माथिका २ र ३ पाङ्ग्रे सवारीसाधनले पनि इम्बोस्ड नम्बर जडान गर्न सक्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।  
लट नं. १३ देखि माथिका सम्पूर्ण चारपाङ्ग्रे सवारीसाधनले २०७५ असार मस।ान्तसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर राखिसक्नु पर्ने विभागले जनाएको छ । डम्बोस्ड नम्बर प्लेटका लागि अनलाईन आवेदन २४ घण्टा खुला राखिएको प्रवक्ता डा. पाण्डेले बताउनुभयो ।  इम्बोस्ड नम्बर प्लेट वितरणका लागि सबै तयारी पूरा भएको र प्रक्रिया पूरा हुनासाथ प्लेट प्राप्त गर्नसक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।  
विभागले गत भदौ ५ गतेबाट उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेको थियो । भदौ ९ गतेबाट बागमती अञ्चलमा दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । 
विभागका अनुसार नयाँ प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ट नम्बर प्लेटबाट सवारीधनी र सवारीसाधनका बारेमा एकै ठाउँबाट विवरण उपलब्ध हुनेछ ।  राजस्व असुलीको अवस्थाका बारेमा पनि तत्काल जानकारी हुनेछ ।  सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सहयोग पुग्नेछ ।  साथै, चोरीका सवारी पूर्ण नियन्त्रण हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेको दाबी छ ।   
इम्बोस्ट नम्बर प्लेट जडान गरेपछि देशभरका सवारीसाधनको अवस्थालाई एकै ठाउँबाट निरीक्षण तथा अनुगमन गर्न सकिने छ । पाँच वर्ष्भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट राख्न यातायात व्यवस्था विभागले सुरुमै चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर खर्च गरेको छ ।    
ं२३ प्रकारका नम्बर प्लेटलाई पाँच प्रकारमा सीमित गरिएको छ । सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा सेतो अक्षर, कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था गरिएको छ । इम्बोस्ट नम्बर प्लेटका लागि ठूला सवारीसाधनलाई तीन हजार छ सय रुपियाँ, चार पाङ्ग्रेको तीन हजार दुई सय, तीन पाङ्ग्रेको दुई हजार नौ सय र मोटरसाइकलको दुई हजार पाँच सय रुपियाँ लाग्ने छ ।  
चारपाङ्ग्रे सवारीसाधनमा अगाडि सिसाभित्र फ्राइड एण्टीना स्टीकर राखिने छ ।  उक्त चिप्समा सो सवारीसाधन र सवारीधनीको सम्पूर्ण विवरण राखिएको हुन्छ ।  दुई पाङ्ग्रे सवारीमा पछाडिको नम्बर प्लेटमा विशेष प्रकारको कभर बनाएर चिप्स राखिएको छ ।  जसमा सम्पूर्ण विवरण उल्लेख छ ।  उक्त विवरणको जानकारी लिन काठमाडौँ उपत्यकाको पाँचवटै प्रवेश नाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुनमा एफआरआईडी गेट राखिने छ ।  सो गेटबाट प्रवेश हुने सम्पूर्ण सवारीसाधनको पूरा जानकारी विभागमा जडित कन्ट्रोल कक्षमा देखिने छ ।  
नम्बर प्लेट प्राप्त गर्ने प्रक्रिया 
इम्बोस्ट नम्बर प्राप्त गर्नका लागि अनलाईनबाट फारम भर्नुपर्छ ।  यातायात व्यवस्था विभागको वेबसाइटको पेजमा इम्बोस्ट नम्बर प्लेट अनलाईन निवेदन क्लिक गरी फारम भर्नुपर्छ ।  जसमा पहिलो चरणमा सवारीसाधनको नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना पठाएपछि विभागले तुरुन्तै कोर्ड नम्बर मोबाइल म्यासेजमा पठाउन्छ ।  प्राप्त म्यासेज फारममा पुनः टाइप गरेपछि अर्को फारम खुल्छ जसमा सवारीको सम्पूर्ण विवरण र वैयक्तिक विवरण भर्नुपर्छ ।  
त्यसपछि सम्बन्धित यातायात कार्यालयमा गई पैसा बुझाएको भौचर नम्बर फारममा उल्लेख गरी अनलाईनमा पठाएपछि नम्बर प्लेट लिन कहिले र कहाँ जाने भन्ने बारेमा इमेल र मोबाइलमा म्यासेज आउँछ । म्यासेजमा तोकिएको समयमा आफ्नो सवारीसाधन लिएर गएपछि इम्बोस्ट नम्बर प्लेट जडान गरिन्छ ।  अनलाईन फारममा भरिएको विवरण अनुसार इम्बोस्ट नम्बर छापिने छ ।  छापिएको नम्बर प्लेट विभागले सम्बन्धित कार्यालयमा तोकिएको समयमै पठाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।