logo

चार पाङ्ग्रे सवारी साधनका लागि अनिवार्य इम्बोस्ड नम्बर

    2190   पटक पढिएको


२९ मङ्सिर / अर्थ र व्यापार - आगामी चैत्र मसान्तसम्म प्रदेश नं. ३ अर्थात साविकको बागमती अञ्चलमा दर्ता भएका चार पाङ्ग्रे सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी तोकिएको समयभित्र अनिवार्य रूपमा उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेट जडान गर्न आह्वान गरेको हो ।  
विभागका अनुसार सरकारी र संस्थानका सबै चारपाङ्ग्रे सवारीसाधनले चैत्र मसान्तसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ ।  त्यस्तै निजी चारपाङ्ग्रे सवारीसाधनतर्फ लट नम्बर १ देखि १२ सम्मले अनिवार्य रूपमा चैत्र मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नु पर्नेछ ।  साथै सो अवधिमा ऐच्छिक रूपमा लट नं. १२ देखि माथिका २ र ३ पाङ्ग्रे सवारीसाधनले पनि इम्बोस्ड नम्बर जडान गर्न सक्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।  
लट नं. १३ देखि माथिका सम्पूर्ण चारपाङ्ग्रे सवारीसाधनले २०७५ असार मस।ान्तसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर राखिसक्नु पर्ने विभागले जनाएको छ । डम्बोस्ड नम्बर प्लेटका लागि अनलाईन आवेदन २४ घण्टा खुला राखिएको प्रवक्ता डा. पाण्डेले बताउनुभयो ।  इम्बोस्ड नम्बर प्लेट वितरणका लागि सबै तयारी पूरा भएको र प्रक्रिया पूरा हुनासाथ प्लेट प्राप्त गर्नसक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।  
विभागले गत भदौ ५ गतेबाट उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेको थियो । भदौ ९ गतेबाट बागमती अञ्चलमा दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । 
विभागका अनुसार नयाँ प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ट नम्बर प्लेटबाट सवारीधनी र सवारीसाधनका बारेमा एकै ठाउँबाट विवरण उपलब्ध हुनेछ ।  राजस्व असुलीको अवस्थाका बारेमा पनि तत्काल जानकारी हुनेछ ।  सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सहयोग पुग्नेछ ।  साथै, चोरीका सवारी पूर्ण नियन्त्रण हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेको दाबी छ ।   
इम्बोस्ट नम्बर प्लेट जडान गरेपछि देशभरका सवारीसाधनको अवस्थालाई एकै ठाउँबाट निरीक्षण तथा अनुगमन गर्न सकिने छ । पाँच वर्ष्भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट राख्न यातायात व्यवस्था विभागले सुरुमै चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर खर्च गरेको छ ।    
ं२३ प्रकारका नम्बर प्लेटलाई पाँच प्रकारमा सीमित गरिएको छ । सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा सेतो अक्षर, कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था गरिएको छ । इम्बोस्ट नम्बर प्लेटका लागि ठूला सवारीसाधनलाई तीन हजार छ सय रुपियाँ, चार पाङ्ग्रेको तीन हजार दुई सय, तीन पाङ्ग्रेको दुई हजार नौ सय र मोटरसाइकलको दुई हजार पाँच सय रुपियाँ लाग्ने छ ।  
चारपाङ्ग्रे सवारीसाधनमा अगाडि सिसाभित्र फ्राइड एण्टीना स्टीकर राखिने छ ।  उक्त चिप्समा सो सवारीसाधन र सवारीधनीको सम्पूर्ण विवरण राखिएको हुन्छ ।  दुई पाङ्ग्रे सवारीमा पछाडिको नम्बर प्लेटमा विशेष प्रकारको कभर बनाएर चिप्स राखिएको छ ।  जसमा सम्पूर्ण विवरण उल्लेख छ ।  उक्त विवरणको जानकारी लिन काठमाडौँ उपत्यकाको पाँचवटै प्रवेश नाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुनमा एफआरआईडी गेट राखिने छ ।  सो गेटबाट प्रवेश हुने सम्पूर्ण सवारीसाधनको पूरा जानकारी विभागमा जडित कन्ट्रोल कक्षमा देखिने छ ।  
नम्बर प्लेट प्राप्त गर्ने प्रक्रिया 
इम्बोस्ट नम्बर प्राप्त गर्नका लागि अनलाईनबाट फारम भर्नुपर्छ ।  यातायात व्यवस्था विभागको वेबसाइटको पेजमा इम्बोस्ट नम्बर प्लेट अनलाईन निवेदन क्लिक गरी फारम भर्नुपर्छ ।  जसमा पहिलो चरणमा सवारीसाधनको नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना पठाएपछि विभागले तुरुन्तै कोर्ड नम्बर मोबाइल म्यासेजमा पठाउन्छ ।  प्राप्त म्यासेज फारममा पुनः टाइप गरेपछि अर्को फारम खुल्छ जसमा सवारीको सम्पूर्ण विवरण र वैयक्तिक विवरण भर्नुपर्छ ।  
त्यसपछि सम्बन्धित यातायात कार्यालयमा गई पैसा बुझाएको भौचर नम्बर फारममा उल्लेख गरी अनलाईनमा पठाएपछि नम्बर प्लेट लिन कहिले र कहाँ जाने भन्ने बारेमा इमेल र मोबाइलमा म्यासेज आउँछ । म्यासेजमा तोकिएको समयमा आफ्नो सवारीसाधन लिएर गएपछि इम्बोस्ट नम्बर प्लेट जडान गरिन्छ ।  अनलाईन फारममा भरिएको विवरण अनुसार इम्बोस्ट नम्बर छापिने छ ।  छापिएको नम्बर प्लेट विभागले सम्बन्धित कार्यालयमा तोकिएको समयमै पठाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।