logo

भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला आयोजना मंसिर १ गत देखि सुरु  गर्ने,

    1743   पटक पढिएको


कार्तिक १७ / अर्थ र व्यापार - काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । आगामी मंसिरदेखि सुरु हुने मेलामा ९ वटा प्याभिलियन सहित करिब २०० स्टल रहनेछन् ।
मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा बिक्रीका लागि राखिनेछन् । १५ औं हस्तकला व्यापार मेला यही मंसिर १ गतेदेखी ५ गतेसम्म चल्नेछ ।
नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश हस्तकलासँगका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् । सम्पन्न गर्ने कार्यक्रम राखिएको छ उक्त अवसरमा विभागिय मन्त्रीज्यूहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु निजी क्षेत्रका छाता संगठन, वस्तुगत संघ तथा अन्य  विभिन्न व्यापारिक संघ संस्थाहरुका बिशिष्ट ब्यक्तिहरु गरी १००० भन्दा बढीको समारोहमा उपस्थिति रहने अपेक्षा राखिएको छ । नेपाल हस्तकला महासंघले हस्तकला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा समेत सहयोग र्पुयाउने उद्देश्यबाट २०४८ साल देखि ब्यापार मेला आयोजना गरीरहेको छ ।

नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक क्यालेन्डर इभेन्टको रुपमा प्रत्येक वर्ष प्राय मंसिर महिना भित्र महासंघले व्यापार मेला आयोजना गर्दे आई रहेको छ । नेपालको निर्यात ब्यापारको साथै आन्तरिक बजारमा पनि हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको महासंघले जानकारी दिएको छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फ्रान्स, बेलायत, नेदरल्याण्डका साथै एसियाली मुलुकहरु जापान, चीन, भारत लगायत झण्डै ८० मुलुकहरुमा ५० भन्दा बढि विभिन्न थरिका हस्तकला बस्तुहरुको १० को हाराहारीमा निर्यात रहेको छ । यसको अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अर्ब बराबरको रहेको महासंघको अनुमान छ । यस क्षेत्रमा झण्डै ११ लाख भन्दा वढि ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।
हस्तकला क्षेत्रले रोजगारी सिर्जनाको साथै दर घटाई गरिवी न्यूनिकरणमा पनि महत्वपूर्ण योगदान र्पुयाईरहेको छ । आयात र निर्यात वीचको दूरी दिन प्रति दिन फराकिलो हुदै गई व्यापारघाटा दिन प्रति दिन चुलिदै गएको अवस्थामा हस्तकला जस्ता निर्यात मूलक उद्योग ब्यबसायको विकास र विस्तार हुन सकेको खण्डमा ब्यापार घाटा न्यूनिकरणमा पनि ठूलो सहयोग पुग्न जाने महासंघले बताएको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरि अन्तराष्ट्रिय जगतमा मुलुकको पहिचान र राष्ट्रिय गौरवलाई पनि उच्च तुल्याएका छन् । कृषिजन्य उद्योग ब्यवसाय पछि हस्तकला उद्योग ब्यबसायबाट नेपाली यूवा पिढीलाइ स्वरोजगार हुने प्रसस्त अबसर सिर्जना गर्न सकिन्छ । देशभित्र रोजगारीको प्रचुरता बढाई भविष्यका कर्णधार र आशाका दीप उर्जाशील यूवाहरु बिदेशी भूमिमा गएर श्रम र पसिना बगाउनु पर्ने अवस्थालाई निरुत्साहित गर्न सक्ने उद्योग क्षेत्रको रुपमा हस्तकला उद्योग व्यवसायलाई बिकास गर्न सकिने ठूलो संभाबना पनि रहेको महासंघले बताएको छ ।
व्यापार मेलामा नेपाल भित्रबाट महासंघका जिल्ला हस्तकला संघहरु,बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध र नेपाल सरकारको गरिबी निवारण कोष समेतको सहयोगितामा करिव २५ वटा जिल्लाका उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजातिको प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरुलाई पनि उच्च प्राथमिकता दिई प्रदर्शनी तथा बिक्रीको लागि राखिने महासंघले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।