logo

एन्ड्रोइड ’ह्याक’ गर्नेलाई गुगलले पुरस्कार दिने

    2561   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार- एन्ड्रोइडमा सुरक्षा कमजोरी पत्ता लगाउनेलाई गुगलले इनाम दिने गरेको छ। जसलाई ‘बग बाउन्टी प्रोग्राम’ भन्ने गरिन्छ। यस्तो इनाम अधिकांश टेक कम्पनीहरुले दिने गर्छन्।
जसमा सुरक्षा कमजोरी पत्ता लगाउन नाम चलेका ह्याकरहरुलाई जानाजान आफ्नो डिभाइस ह्याक गर्न लगाइन्छ।

गुगलले पहिलो पटक एन्ड्रोइडको लागि ‘बग बाउन्टी प्रोग्राम’ ल्याउँदा अधिकतम इनाम ३८ हजार अमेरिकी डलर अर्थात करिव ४३ लाख रुपैयाँ दिएको थियो। तर अहिले एन्ड्रोइडको लोकप्रियता बढेसँगै धेरैभन्दा धेरै सुरक्षा अनुसन्धानकर्ता (अर्थात ह्याकर)हरु यसको कमजोरी पत्ता लगाउन लागिपरेका छन् । जसबाट एन्ड्रोइडका धेरै सुरक्षा चुनौतिहरु पनि फेला परेका छन्। यसलाई मध्यनजर गर्दै अनुसन्धानकर्ताहरुलाई प्रोत्साहनको लागि गुगलले ‘बग बाउन्टी’ पनि बढाएको छ ।

गुगलले ‘टप रिवार्ड’को रुपमा डेढ मिलियन अमेरिकी डलर अर्थात करिब १७ करोड रुपैयाँ दिने बताइएको छ । तर पक्कै पनि गुगलले सबैखाले सुरक्षा चुनौति पत्ता लगाउनेलाई भने यो इनाम दिने छैन। नयाँ रिवार्ड क्याटेगोरीमा गुगलले विशेष प्रकारको ह्याकिङलाई प्राथमिकता दिनेछ । ‘पिक्सेल’ डिभाइसहरुमा रहेको ‘टाइटान एम सेक्युर इलेमेन्ट’ लाई ह्याक गर्न सक्नुपर्छ। त्यस्तै डिभाइस ‘रिसेट’ गरिसकेपछि पनि डिभाइसलाई नछोइकनै ‘कोड जेनेरेट’ गर्न सक्नु पर्छ।

यस्तो विशेष प्रकृतिको ह्याक गर्नेलाई गुगलले एक मिलियन डलर भन्दा बढी तिर्नेछ। त्यसमा पनि एन्ड्रोइडको ‘स्पेसिफिक डेभलोपर प्रिभ्यू भर्सन’मा उक्त ह्याक गर्न सक्नेलाई ५० प्रतिशत बोनस पनि दिनेछ । जसले डेढ मिलियन डलर हुन आउँछ ।

गुगलले ‘पिक्सेल ३’मा उक्त ‘टाइटान एम सेक्युरिटी चिप’ पहिलो पटक प्रयोग गरेको थियो। गुगलका अनुसार उक्त चिपको काम डिभाइसलाई हरेक प्रकारले सुरक्षित राख्नु हो। यसले डिभाइसको बुट कन्डिसन चेक गर्नेदेखि लिएर भाइरसलाई डिभाइसमा प्रवेश गर्न नदिनेसम्मको काम गर्छ। अर्को अर्थमा भन्दा चिपले डिभाइसलाई ह्याक हुनबाट बचाउँछ । सोही चिप ‘पिक्सेल ४’का डिभाइसहरुमा पनि प्रयोग गरिएको छ ।

गुगलको नयाँ ‘बग बाउन्टी’ रिवार्ड बितेको १२ महिनामा दिइएका रिवार्डसँग लगभग बराबर जस्तै छ। यो वर्षको ‘टप रिवार्ड’ १ लाख ६१ हजार ३३७ डलर भएको गुगलले जनाएको छ। जुन रिवार्ड ‘पिक्सेल ३’ डिभाइसमा ‘वन क्लिक रिमोट कोड एक्सेक्युसन चेन’ गरेवापत दिइएको थियो। गुगलले यो वर्ष औसतमा एउटा कमजोरी पत्ता लगाएवापत ३ हजार ८ सय डलर रिवार्ड दिएको थियो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।